क्यानडासँग नेपाल पराजित

काठमाडौं । टी-२० विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपाली टोलीले पहिलो वार्मअप खेलमा क्यानडासँग पराजित भएको छ ।

अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपाल ६३ रनले पराजित भएको हो ।

क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा १ सय २० रनमा अल आउट भयो ।

नेपालका लागि कुशल मल्लले ३० बलमा २ चौका र २ छक्काको सहयोगमा ३७ रन बनाए । अनिल शाहले २४ तथा आसिफ शेखले २२ रन बनाए । कुशल भुर्तेलले १६ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

क्यानडाका लागि डिलोन ह्यालिगंले ४ तथा साद वीन जाफर र गिरिमी ग्रोडनले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

क्यानडाका लागि निकोलस किर्तनले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । रविन्द्रपाल सिंहले १७ बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ४१ रन बनाए । नवनित धालीवालले २७ बलमा ३२ तथा प्रगत सिंहले १० बलमा १३ रन बनाए ।

नेपालका लागि अभिनास बोहराले २ तथा करण केसी, सोमपाल कामी, गुलसन झा, सागर ढकाल र ललित राजवंशीले समान १/१ विकेट लिए ।

नेपालले दोस्रो वार्मअप खेल पनि यही मैदानमा बिहीबार अमेरिकासँग खेल्नेछ । यो त्यही स्टेडियम हो जहाँ नेपालले विश्वकपको आफ्नो पहिलो खेल खेल्दैछ । विश्वकपको खेल खेल्ने मैदानमा नै दुवै वार्मअप खेल खेल्न पाउनु नेपालका लागि फाइदाजनक हुनसक्छ ।

नेपालले वार्मअप खेल खेल्न लागेको अमेरिका र क्यानडा समूह ए मा रहेका छन् । अमेरिका र क्यानडाका अलावा समूह ए मा भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् । अमेरिका र क्यानडाबीचको खेलबाट नै यस संस्करणको विश्वकपको सुरुआत हुनेछ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]