क्यानडा र नेपाल पहिलो पटक ओडिआई खेल्दै

काठमाडौं । बिहीबारबाट नेपाल र क्यानडाबीचको तीन खेलको ओडिआई सिरिज सुरु हुदैछ । ओडिआई सिरिजमा नेपाल र क्यानडा पहिलो पटक खेल्दै छन् ।

नेपाल र क्यानडाबीचको खेल टियु मैदान कीर्तिपुरमा बिहीबार बिहान सवा नौ मा सुरु हुनेछ ।

२०१८ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले क्यानडालाई आफ्नो १३ औं प्रतिद्वन्दी राष्ट्रको रुपमा पाउने छ । नेपालले अहिले सम्म ५९ ओडिआई मान्यता प्राप्त खेल खेलेको छ ।

२०१५ को विश्वकपमा छनोट हुनेनसकेपछि ओडिआई मान्यता गुमाएको क्यानडाले आइसीसी विश्वकप छनोट प्लेअफमा पुनः मान्यतालाई फिर्ता ल्याएको थियो ।

१९७९ मा पहिलो ओडिआई मान्यताप्राप्त खेल खेलेको क्यानडाले हालसम्म ८२ ओटा ओडिआई मान्यता प्राप्त खेल खेलेको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]