गणेशमान सिंह राष्ट्रिय टी-२० प्रतियोगिता : बागमती र कर्णालीको जित

२०८१ बैशाख १०, सोमबार १९:०१

काठमाडौं । जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा बागमती प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् ।

मुलपानी मैदानमा भएको खेलमा दुवै टोलीले चौथो खेलमा तेस्रो जित निकालेका हुन् ।

दिनको पहिलो खेलमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा कर्णालीले गण्डकी प्रदेशलाई ५ रनको झिनो अन्तरले पराजित गर्यो।

मुलपानी मैदानमा टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६८ रन बनाएको थियो। कर्णालीको इन्निंगमा खेलको प्लेयर अफ दि म्याच चुनिएका ओपनर विपिन रावलले सर्वाधिक ६८ रन बनाए। यस्तै रबिन्द्र जंग शाहीले ३३ तथा दिनेश अधिकारीले अविजित २९ रनको योगदान गरे।

गण्डकीको बलिङ्गमा सबै ४ विकेट अमृत गुरुङको नाममा रह्यो।

जवाफमा १६९ रनको लक्ष्य लिएर मैदान उत्रिएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६३ रन मात्र जोड्न सक्दा ५ रनको झिनो हार बेहोर्नु पर्यो। गण्डकीको चेजमा ओपनर अर्जुन कुमालले सर्वाधिक ७० रन बनाए। यस्तै सन्दिप खत्रीले इन्निंगको अन्त्यतर्फ ११ बलमा अविजित १९ रन बनाएपनि टोलिलाई जित दिलाउन सकेननं।

कर्णालीको बलिङ्गमा दिवन पुन, प्रकाश जैशी र युनिष ठकुरीले समान १/१ विकेट लिए।

आजै भएको दोस्रो खेलमा बागमतीले लुम्बिनी प्रदेशविरुद्ध जित दर्ता गरेको छ। जितसंगै बागमती प्रदेश अंकतालिकाको शिर्ष स्थानमा समेत उक्लिएको छ।

टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो। बागमतीका लागी कप्तान रित गौतमले सर्वाधिक ५६ रन बनाए। यस्तै राम नरेश गिरिले अविजित २८ रन र शुभ कंसाकारले १९ रनको योगदान गरे।

लुम्बिनीको बलिङ्गमा नर बहादुर शार्कीले ४ विकेट तथा देव खनालले २ विकेट हात पारे।

जवाफमा १६३ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्दा २५ रनको हार बेहोर्यो।

लुम्बिनीका लागि कृष्ण कार्कीले अविजित ३८ तथा सुनिल भण्डारीले ३४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन।

बागमतीको बलिङ्गमा रिजन ढकालले सर्वाधिक ३ विकेट लिए। यस्तै राम नरेश गिरी र ईशान पाण्डेको नाममा समेत १/१ विकेट लिए।

खेलको प्लेयर अफ दि म्याच बागमतीका रित गौतम चुनिएपनि रितले सो अवार्ड रिजन ढकालसंग बाँडेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy