गण्डकीको बलिङ सामू आर्मी १३२ रनमा अल आउट

२०८० माघ १८, बिहीबार ११:५३

काठमाडौं । गण्डकीको बलिङ सामू त्रिभुवन आर्मीको ब्याटिङ नचल्दा जारी प्रधानमन्त्री कपको समूह चरणको आफ्नो अन्तिम खेलमा १३२ रनमा अल आउट भएको छ ।

टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ३९ दशमलब १ ओभरमा १ सय ३२ रन बनाउँदै अल आउट भयो ।

आर्मीका लागि ओपनर ईम्रान शेखले ६४ बलमा सर्वाधिक ३४ रन बनाए । सोमपाल कामीले ३९ बलमा २३ तथा कप्तान विनोद भण्डारीले ४६ बलमा १९ रन बनाए ।

कुशल मल्लले १० बलमा १५ तथा भीम सार्कीले २३ बलमा रन बनाए । साहब आलमले अविजित १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

गण्डकीका लागि अमूत गुरुङ, कृष्ण पौडेल, कमल परियार र कप्तान विपीन खत्रीले समान दुई दुई तथा रोशन गौतम, सन्दीप पराजुलीले समान एक एक विकेट लिए ।

आर्मीलाई फाइनलमा स्थान बनाउँन यो खेल जित्नै पर्ने हुन्छ । गण्डकी पनि जितका साथ प्रतियोगिता समाप्त पार्न चाहन्छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy