गण्डकीको बलिङ सामू आर्मी १३२ रनमा अल आउट

काठमाडौं । गण्डकीको बलिङ सामू त्रिभुवन आर्मीको ब्याटिङ नचल्दा जारी प्रधानमन्त्री कपको समूह चरणको आफ्नो अन्तिम खेलमा १३२ रनमा अल आउट भएको छ ।

टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ३९ दशमलब १ ओभरमा १ सय ३२ रन बनाउँदै अल आउट भयो ।

आर्मीका लागि ओपनर ईम्रान शेखले ६४ बलमा सर्वाधिक ३४ रन बनाए । सोमपाल कामीले ३९ बलमा २३ तथा कप्तान विनोद भण्डारीले ४६ बलमा १९ रन बनाए ।

कुशल मल्लले १० बलमा १५ तथा भीम सार्कीले २३ बलमा रन बनाए । साहब आलमले अविजित १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

गण्डकीका लागि अमूत गुरुङ, कृष्ण पौडेल, कमल परियार र कप्तान विपीन खत्रीले समान दुई दुई तथा रोशन गौतम, सन्दीप पराजुलीले समान एक एक विकेट लिए ।

आर्मीलाई फाइनलमा स्थान बनाउँन यो खेल जित्नै पर्ने हुन्छ । गण्डकी पनि जितका साथ प्रतियोगिता समाप्त पार्न चाहन्छ ।





थप समाचार

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]