घरेलु भुमीमा लगातार दोस्रो पटक नेदरल्यान्ड्सलाई हराउने लक्ष्यमा नेपाल

काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको पहिलो त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा आज(आइतबार) नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ ।

खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बाट सुरु हुनेछ । सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सको सहभागीता रहेको छ । गत शनिबार सिरिजको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । नामिबियासँग भने दुवै खेलमा नेपाल पराजित भएको थियो । यस खेलमा जित निकाल्दै नेपाल त्रिकोणात्मक सिरिजलाई सुखद बनाउँन चाहन्छ ।

आठ राष्ट्रको सहभागीता रहने लिग टू सिरिजका शीर्ष चार टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने भएकोले यो खेल नेपालका लागि महत्वपुर्ण छ । नेदरल्यान्ड्सलाई गत साता मात्र पहिलो पटक नेपालले घरेलु मैदानमा पराजित गरेको थियो ।

घरेलु भुमीमा नेदरल्यान्ड्सविरुद्ध नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । यसका लागि नेपालले बलियो प्लेईङ-११ मैदान उतार्ने सम्भावना रहेको छ । नामिबियाविरुद्धको बुधबारको खेलबाट नेपालले एक परिवर्तन गर्ने सम्भावना छ । आइतबारको खेलमा देव खनालको स्थानमा आरिफ शेखले मौका पाउने सम्भावना छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]