जितका साथ बाहिरियो कोशी

काठमाडौं । सौजन घिमिरेको अलराउण्ड प्रदर्शनको सहयोगमा कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

टियु मैदान कीर्तिपुरमा भएको आफ्नो अन्तिम खेलमा कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गरेको छ ।

काेशीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४६ दशमलब ५ ओभरमा अल आउट हुनु पुर्व १ सय ५६ रन बनाएको छ ।

लुम्बिनीका लागि दिल्शाद अलिले ६४ बलमा ३२ रनको सर्वाधिक ठूलो ईनिङ खेले । विराट भण्डारीले ६० बलमा २८ रन बनाए ।

कोशीका लागि सौजन घिमिरेले तीन तथा समिर कार्की, कमल खत्री र अभ्यास तिम्सिनाले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४४ दशमलब ४ ओभरमा अल आउट हुदै १ सय ७२ रन बनायो ।

कोशीका लागि कप्तान अंकित सुवेदीले ६५ बलमा ४९ रन बनाए । सौजन घिमिरेले ६९ बलमा ४३ तथा मिनाश थापाले १९ बलमा १७ रन बनाए ।

लुम्बिनीका लागि नर सार्कीले चार तथा वीर मगरले तीन विकेट लिए ।

जितसँगै कोशीले नौ खेलमा एक जित हात पारेको छ । पराजित लुम्बिनीले आठ खेलमा एक जित निकालेको छ ।





थप समाचार

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]