जुलाईमा इंग्ल्याण्ड र वेस्टइन्डिजले टेस्ट सिरिज खेल्ने

इंग्ल्याण्ड र वेस्टइन्डिज बीच जुलाईमा तिन वटा टेस्टको सिरिज हुने भएको छ। एजेस बल मैदानमा ८ जुलाईबाट सुरु हुने टेस्ट सिरिजको दोश्रो टेस्ट १६ र तेश्रो टेस्ट २४ जुलाईमा ओल्ड ट्राफोर्ड मैदानमा खेलिनेछ।

तिन वटै टेस्ट जैव सुरक्षित आयोजना स्थलमा दर्शक विना खेलिनेछ जहाँ मैदानको नजिकै खेलाडी बस्ने होटल पनि रहेको छ।

सिरिजको लागि वेस्टइन्डिज टिम ९ जुनमा ओल्ड ट्राफोर्ड पुग्नेछ र १४ दिन क्वारेन्टाइनमा बस्ने र अभ्यास समेत गर्नेछ।

  • पहिलो टेस्ट – ८-१२ जुलाई ( एजेस बल )
  • दोश्रो टेस्ट – १६-२० जुलाई ( ओल्ड ट्राफोर्ड )
  • तेश्रो टेस्ट – २४-२८ जुलाई ( ओल्ड ट्राफोर्ड )

पुर्व निर्धारित तालिका अनुसार टेस्ट सिरिजको खेलहरु किया ओभल एजबास्टन र लर्ड्समा ४-२९ जुनमा खेलिने निर्धारित थियो जुन कोरोना महामारीको कारण सरेको थियो।

“इंग्ल्याण्डबाट खेल्ने सोच्दा तपाई जहिले मैदानमा भरि दर्शक सोच्नुहुन्छ। दर्शक विना खेल्नु केहि फरक महसुस हुनेछ। विदेशको कुनै मैदानमा यस्तै माहोलमा खेलेको जस्तै सायद हुनेछ।”  पुर्व इंग्ल्यान्ड ब्याट्सम्यान जोनाथन ट्रटले बिबिसी रेडियोलाई बताएका छन्।

इंग्ल्याण्ड क्रिकेट बोर्डले वेस्टइन्डिज पछि पाकिस्तान, अस्ट्रेलिया र आयरल्याण्डसंग सिरिज खेल्नेछ जसबारे अन्तिम निर्णय भने हुन बाँकी रहेको छ।

गत साता इंग्ल्याण्डले ५५ खेलाडीहरुको नाम अभ्यासको लागि घोषणा गरेको थियो।

इंग्ल्याण्डले आफ्नो घरेलु क्रिकेट सिजन जुन १२ अप्रिल देखि सुरु हुनु पर्ने थियो त्यसलाई १ अगस्टसम्मको लागि सारिसकेको छ।

यसरी हुनेछ खेल

इंग्ल्यान्ड बोर्डको योजना अनुसार इंग्ल्याण्ड क्रिकेट बोर्डको खर्चमा वेस्ट इन्डिज टिम चार्टर्ड प्लेनमा इंग्ल्याण्ड पुग्नेछ। सिरिज पुर्व र दौरान टिमहरुले बिभिन्न सरकारी आचारसंहिताको भने पालना गर्नुपर्नेछ जस्तै इंग्ल्यान्ड पुगेपछि वेस्टइन्डिज टिम १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ।

सिरिजको पहिलो टेस्ट जुलाई ८ मा ह्याम्प्सायर एजेस बल मैदानमा दर्शक बिना खेलिनेछ। सिरिजको दौरान मैदानलाई कोरोना भाइरसबाट सुरक्षित राख्न नियमित टेस्ट गरिनेछ। मैदानलाई खेलाडी, अफिसियल , ग्राउन्ड स्टाफ र मिडिया क्षेत्रमा बाँडिनेछ। छुट्टा छुट्टै क्षेत्रमा जान बन्देज लगाइनेछ। खेलको दौरान खेलाडीहरुको नियमित कोरोना जांच गरिनेछ र लक्षणहरुको जांच दैनिक गरिनेछ।

इंग्ल्याण्ड क्रिकेट बोर्डको खर्चको हिसाबले भने योजना महँगो हुनेछ। खेलाडीलाई चार्टर्ड गरेर ल्याउने तथा जैव सुरक्षित योजनाको लागि निकै बजेट खर्च हुनेछ। यो सिजन क्रिकेट भए क्रिकेट बोर्डलाई ३८० मिलीयन युरोको घाँटा लाग्ने छ त्यसैले पनि क्रिकेट गराउन बोर्ड प्रतिबद्ध रहेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]