टी-२० विश्वकप : सुपर एटका खेल आजबाट

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको दोस्रो चरण (सुपर एट) का खेलहरु आज (बुधबबार) बाट सुरु हुदैछ ।

सुपर एटको पहिलो खेलमा समूह टु मा रहेका अमेरिका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुदैछ । अमेरिका र दक्षिण अफ्रिकाबीचको खेल वेस्ट इन्डिजको एन्टिगुवामा नेपाली समय अनुसार बुधबार बेलुका सवा आठमा हुनेछ ।

समूह ए मा रहेको अमेरिका उपबिजेताका रुपमा दोस्रो चरणमा आइपुगेको हो । अमेरिकाले समूह चरणमा पाकिस्तान र क्यानडालाई हराउँदा भारतसँग भने पराजित भएको थियो । अमेरिकार र आयरल्यान्डबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

उता, नेपालसँगै समूह डी मा रहेको दक्षिण अफ्रिका अपराजित रुपमा दोस्रो चरणमा आईपुगेको हो । दक्षिण अफ्रिकाले समूह डी मा रहेका नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकालाई पराजित गरेको थियो ।

दोस्रो चरणको समूह टू मा अमेरिका र दक्षिण अफ्रिकाका अलावा इंग्ल्यान्ड र वेस्ट इन्डिज छन् । सपर एटकै समूह वानमा भने भारत, अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तान रहेका छन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]