देव खनाल र अनिल खरेल चम्कदा लुम्बिनीद्वारा गण्डकी सहजै पराजित

अनिल खरेल र देव खनाल चम्कदा जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । यसअघि नै दुवै टोलि प्रतियोगिताबाट बाहिरि सकेका छन् । गण्डकीले जित बिहिन रहँदै प्रतियोगिताको अन्त्य गर्यो । यस्तै, लुम्बिनीले ४ खेलमा २ जित र १ हारसहित ४ अंक बटुले पनि सेमिफाइनलको यात्रा तय गर्न भने सकेन ।

ग्रुप ए बाट दुई विभागीय टोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा ग्रुप बि बाट अपराजित नेपाल एपीएफ क्लब तथा बागमती प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा १०५ रनको सामन्य विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १३.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । उसका लागि ओपनर ब्याटर देव खनालले २६ बलमा १० चौका र १ छक्काको मद्धतमा सर्वाधिक ५६ तथा सुशान्त थापाले २६ रन बनाए ।

पहिलो ओभरमै सौरभ खनाल ४ रन बनाएर आउट भएपछि देव खनाल र सुशान्त थापाले दोस्रो विकेटको लागि ७२ रनको आक्रामक साझेदारी गर्दै लुम्बिनीको इनिंग्स अघि बढाए । अर्धशतक बनाएका खनाललाई आठौँ ओभरमा कप्तान बिशाल पौडेलले स्टम्प आउट गराए । त्यसपछि सुबाश भण्डारीले १३ औं ओभरमा सुशान्त थापा र कृष्ण कार्कीलाई आउट गरेता पनि बसिर अहमदले छक्का प्रहार गर्दै लुम्बिनीलाई सहज जित दिलाए ।

गण्डकीको बलिंगतर्फ सुबाश भण्डारीले ४ ओभरमा २१ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै, अशोक श्रेष्ठ र कृष्ण पौडेलले समान १ विकेट हात पारे ।

यसअघि खेलमा टस जितेर ब्याटिंग रोजेको गण्डकी प्रदेशले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०४ रन बनाएको थियो । उसका लागि अनिल गुरुङले ३९ बलमा ५ चौका र २ छक्काको मद्धतमा सर्वाधिक ५०, कप्तान बिशाल पौडेलले १६, बिधान श्रेष्ठले १४ तथा गोविन्द केशीले १२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

ओपनर अभिषेक बस्नेत ३ तथा गोविन्द बिक १२ रन बनाएर आउट भएपछि अनिल गुरुङ र बिधान श्रेष्ठले तेस्रो विकेटको लागि २५ रनको साझेदारी गर्दै गण्डकीको इनिंग्स उकासे । बिधानलाई अनिल खरेलले ११ औं ओभरमा आउट पार्दै साझेदारी तोडे । त्यसपछि दिपक डुम्रे खाता नखोली तथा सन्दिप छेत्री १ रनमा आउट भएपछि अनिल गुरुङले कप्तान बिशाल पौडेलसँग छैटौं विकेटको लागि ३६ रनको साझेदारी गरे ।

दुर्गेश गुप्ताको १८ औं ओभरको सुरुवाती ३ बलमा गुरुङले २ चौका र १ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरे । अर्धशतक बनाए लगत्तै ओभरको चौथौं बलमा उनि दिपेन्द्र रावतबाट क्याच आउट भए । अन्तिममा गण्डकीले ६ बलको अन्तरालमा ४ विकेट गुमाउँन पुग्दा १०४ रनमै अल आउट हुन पुगेको थियो ।

लुम्बिनीको बलिंगतर्फ अनिल खरेलले ४ ओभरमा १५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । यस्तै, कृष्ण कार्की र दिपेन्द्र रावतले २ तथा दुर्गेश गुप्ता र तुल बहादुर थापाले समान १ विकेट हात पारे ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]