नयाँ युगको सुरुआत हुदै

एजेन्सी । शनिबार पाल्लेकेलेमा सुरु हुने भारत र श्रीलंकाबीचको तीन खेलको टी-२० सिरिजको पहिलो खेल नयाँ युगको सुरुवात हुनेछ । भारतका लागि रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले क्रिकेटबाट सन्यास लिइसकेका छन् । सूर्यकुमार यादवलाई नयाँ कप्तान नियुक्तमा गरिएको छ ।

श्रीलंकाले चरिथ असालंकालाई वानिन्दु हसारंगाको स्थानमा कप्तानीको जिम्मेवारी दिएको छ । दुवै टोलीले नयाँ प्रशिक्षक पनि पाएका छन् । भारतले गौतम गम्भीर र श्रीलंकाका सनथ जयसूर्यालाई मौका दिएको छ ।

भारतले सन् २०२४ को टी–२० विश्वकप जितेर आइसिसी ट्रफीको खडेरी अन्त्य गरेको छ ।

त्यसपछि भारतले जिम्बाब्वेमा दोस्रो राजाईको टोली पठायो जहाँ उसले पाँच खेलको टी-२० आई सिरिज ४-१ ले जित्यो। यसैबीच, श्रीलंकाका खेलाडीहरू लंका प्रिमियर लिगमा व्यस्त थिए जहाँ असालंकाकै कप्तानीमा रहेको जाफना किंग्स च्याम्पियन भएको थियो ।

असालंका र सूर्यकुमार दुवैले यसअघि आफ्नो राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका छन् । असालंकाले यसै वर्षको सुरुमा बंगलादेशविरुद्ध दुई टी-२० र सूर्यकुमारले सन् २०२३ को अन्त्यमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध सात टी-२०मा आफ्नो कप्तानी भुमिका निभाएका थिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]