नेक्ससले २०० जना क्रिकेटरलाई निशुल्क क्याम्प गर्ने

काठमाडौं । काठमाडौंको पेप्सीकोमा रहेको नेक्सस क्रिकेट एकेडेमीले यस बर्ष SEE दिने २०० जना क्रिकेट खेलाडीहरूलाई २० दिने निशुल्क क्रिकेट क्याम्प आयोजना गर्ने भएको छ ।

ग्रासरूट क्रिकेट बिकासमा कोषेढुङगा साबित SEE क्याम्पलाई निरन्तरता दिदै नेक्ससले SEE क्याम्प को पांचौ संस्करण २०८० चैत्र २८ गते देखि २०८१ बैशाख १८ गते सम्म मुलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्राङ्गणमा संचालन गर्न लागेको नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ । उक्त क्याम्पमा सहभागी हुन खेलाडीहरूले अनलाइन फारम भर्नु पर्नेछ । फारम भर्ने पहिलो २०० जनालाई क्याम्पमा सहभागी गराईने बताईएको छ ।

उक्त क्याम्पमा सहभागी खेलाडीलाई पाकिस्तानको पहिलो श्रेणीका खेलाडी रहिसकेका पाकिस्तान क्रिकेट बोर्डबाट लेभल १ गरेका प्रशिक्षक ईम्तिहाज हुसेन र बरिस्ठ नेपाली प्रशिक्षकहरूले ट्रेनिङ दिने बताउदै हरेक खेलाडी लाई १० खेल खेल्ने अबसर प्रदान गर्ने कुरा नेक्ससका अध्यक्ष भरत कुमार शाहीले जानकारी गराउनु भयो ।

SEE क्याम्प क्रिकेटका नव प्रतिभाहरूको खोजी गरि नेपाली क्रिकेट लाई अब्बल खेलाडी सुम्पिने महत्त्वपूर्ण अभियान रहेको बताउदै शाहीले see क्याम्प बाटै नेपालको अन्डर नाईनटिन टिमका महत्त्वपूर्ण खेलाडी उत्तम थापा मगर र अन्डर सिक्सटिनका अशोक धामी लगायतका दर्जन खेलाडी जन्मिएको स्मरण गराउनु भयो ।

पुर्ण निशुल्क संचालन हुने see क्याम्पलाई सफलपार्न सहयोगका लागि सरोकार वाला सबैमा नेक्सस क्रिकेट एकेडेमीले अपिल समेत गरेको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]