नेपालले टस जित्यो, दीपेन्द्र टोलीमा फर्किए

काठमाडौं । अफ्रिकी मुलुक दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रुपमा आयोजना हुने २०२७ को एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेको छ ।

टियु मैदान किर्तिपुरमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ राजेको छ । विश्वकप लिग टू मा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक खेल्दै छन् । एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मा भने नेपाल र नेदरल्यान्डबीच खेल भईसकेको छ ।

बिहिबार भएको भएको खेलमा टिममा रहेका करण केसी र पवन सर्राफ बाहिरिएका छन् । नेपालको प्लेईङ-११ मा दीपेन्द्रसिंह ऐरी र देव खनाल टिममा फर्किएका छन् ।

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा तीन ओडिआई खेल भएको छ । तीन मध्ये दुई खेलमा नेदरल्यान्ड्स र एक खेलमा नेपाल विजयी भएको छ । विश्वकपको अघिल्लो छनोटमा टेस्ट राष्ट्रहरुसँगै सुपर लिग खेलेको नेदरल्यान्ड्स लिगको पुछारमा रहदै लिग टू मा झरेको थियो । नेपालमा पहिलो पटक नेदरल्यान्ड्सको टिमले ओडिआई खेल खेल्न लागेको हो । यस खेललाई नेपाल ऐतिहासिक बनाउँन चाहन्छ ।

विश्वकप लिग टू मा पहिलो खेल्दै गरेको नेदरल्यान्ड्सलाई हराउँदै नेपालले अर्को ईतिहास बनाउँने छ ।

नेपालको प्लेईङ-११

आसिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल मल्ल, सोमपाल कामी, , गुलशन झा, ललितनारायण राजवंशी ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]