नेपालले टस हार्यो, आरिफ बेन्चमा

काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको त्रिकोणत्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दैछ । नेपालले पहिलाे खेलमा देव खनाल, दीपेन्द्र एेरी, अारिफ शेख र सुर्य तामाङलाइ बेन्चमा राखेकाे छ ।

आठ राष्ट्रको सहभागीता रहने लिग टू सिरिजका शीर्ष चार टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने भएकोले यो खेल नेपालका लागि महत्वपुर्ण छ ।

नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा सातौं पटक खेल्न लागेको हो । जसमा एक खेल वर्षाका कारण रद्द भएकोमा नामिबियाले तीन खेलमा जित हात पार्दा दुई खेलमा भने नेपाल विजयी भएको छ ।

सिरिजको दोस्रो खेल १७ फेब्रुअरी अर्थात फागुन ५ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा १९ फेब्रुअरी अर्थात फागुन ७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् ।

नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा २१ फेब्रुअरी अर्थात फागुन ९ मा नामिबियासँग खेल्नेछ । २३ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स खेल्दा नेपाल र नेदरल्याण्ड्सबीचमा २५ फेब्रुअरीमा खेल हुदै यो सिरिज सकिने छ ।

नेपालकाे प्लेइङ-११

रोहित पौडेल(कप्तान), आसिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी र अनिलकुमार शाह





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]