नेपालले टस हार्यो, सोमपाल बेन्चमा

काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको पहिलो त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दैछ । नामिबियाविरुद्ध बुधबारको खेलमा खेलेका दुई जना खेलाडी बेन्चमा रहेका छन् । बुधबारको खेलमा खेलेका सोमपाल कामी र देव खनाल बेन्चमा रहँदा गुलसन झा र आरिफ शेखले मौका पाएका छन् ।

गत शनिबार सिरिजको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । नामिबियासँग भने दुवै खेलमा नेपाल पराजित भएको थियो । यस खेलमा जित निकाल्दै नेपाल त्रिकोणात्मक सिरिजलाई सुखद बनाउँन चाहन्छ ।

आठ राष्ट्रको सहभागीता रहने लिग टू सिरिजका शीर्ष चार टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने भएकोले यो खेल नेपालका लागि महत्वपुर्ण छ । नेदरल्यान्ड्सलाई गत साता मात्र पहिलो पटक नेपालले घरेलु मैदानमा पराजित गरेको थियो ।

घरेलु भुमीमा नेदरल्यान्ड्सविरुद्ध नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपालको प्लेईङ-११

आसिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, गुलसन झा, करण केसी, ललितनारायण राजवंशी ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]