नेपालसँग खेल्नु अघि दक्षिण अफ्रिकाको लगातार दोस्रो हार, एक खेल अगावै सिरिज गुमायो

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिका लगातार दोस्रो खेलमा पनि पराजित भएको छ ।

घरेलु टोली वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० आई सिरिजको दोस्रो खेलमा पाहुना टोली दक्षिण अफ्रिका १६ रनले पराजित भयो । यो हारसँगै वेस्ट इन्डिजले एक खेल अगावै सिरिज जितेको छ ।

वेस्ट इन्डिजले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन मात्र बनायो ।

दक्षिण अफ्रिकाका लागि ओपनर क्विटन डि ककले १७ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ४१ रन तथा अर्का ओपनर रिजा हेनरिक १८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३४ रन बनाए । कप्तान रासि भान डर डुसनले २२ बलमा ३० तथा रायन रिकिन्टोनले १७ बलमा १९ रन बनाए ।

वेस्ट इन्डिजका लागि गुणकेश मोटीले ३ तथा रोस्टन चेज, रोमारियो शेर्फड र अकिल होसेनले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ६७ रन बनाए । कप्तान ब्रान्डन किंगले २२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए । कायल मेयर्सले १६ बलमा ३२ तथा आन्द्रे फ्लेचरले १८ बलमा २९ रन बनाए ।

पहिलो खेल दक्षिण अफ्रिकाले २७ रनले गुमाएको थियो । पराजित दक्षिण अफ्रिका आउँदो टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र दक्षिण अफ्रिकाबीचको खेल जुन १५ मा हुँदैछ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]