नेपाली टिममा कुशल मल्ल र इशान पाण्डेको डेब्यु

सिंगापुरमा आज सुरु भएको आयोजक सिंगापुर, नेपाल र जिम्बाब्वे सम्मिलित त्रिकोणात्मक सिरिज अन्तर्गत जिम्बाब्वे बिरुद्ध पहिलो खेलमा इशान पाण्डे र कुशल मल्लले डेब्यु गरेका छन्।

जिम्बाबे बिरुद्ध इन्डियन एसोसिएसन मैदानमा टस जितेर ब्याटिंग गरेको नेपालले अन्तिम-११ मा रोहित पौडेल, पवन सर्राफ, सुशन भारि र ललित राजबंशीलाई मौका दिएन। नेपालले जिम्बाब्वे बिरुद्ध खेलेको यो नै पहिलो टि-२० अन्तर्राष्ट्रिय हो।

अन्तिम-११ मा सन्दिप जोराले मौका पाएका छन् भने नेपालले ४ जना मुख्य बलर लिएर उत्रेको छ। सोमपाल कामि, करन केसी, अविनाश बोहरा र सन्दिप लामिछाने बलिंगमा रहेका छन् भने। कुशल मल्ल, पारस खड्का, दिपेन्द्र ऐरीले अल-राउण्डरको भूमिका निभाउने छन्।

नेपालको अन्तिम-११ : पारस खड्का ( कप्तान ) , इशान पाण्डे, सोमपाल कामि, दिपेन्द्र एरि, बिनोद भण्डारी, करन केसी, आरिफ शेख, सन्दिप लामिछाने, अविनाश बोहरा, सन्दिप जोरा , कुशल मल्ल

को हुन् इशान र कुशल 

इशान पाण्डे र कुशल मल्ल नेपालको लागि टि-२० अन्तर्रष्ट्रिय खेल्ने २८ औं र २९ औं खेलाडी बनेका छन्। दुवैले यस अघि नेपाली अन्डर-१९ टिमको प्रतिनिधित्व गरिसकेका छन्।

यु-१९ राष्ट्रिय क्रिकेटर कुशल मल्ल, इशान पाण्डेले टिममा पहिलो पटक मौका पाएका छन्। इशान २०१६ अन्डर-१९ विश्वकपमा टिममा रहेता पनि अन्तिम-११ मा भने मौका पाउन असफल रहेका थिए। त्यसपश्चात पाण्डे घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। यसै वर्ष प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा पारस खड्का कप्तानीको प्रदेश-३ को लागि खेल्ने क्रममा उनले राम्रो प्रदर्शन गरेका थिए।

उक्त प्रतियोगितामा उनले त्रिभुवन आर्मी क्लब बिरुद्ध ७९, सुदुर पश्चिम बिरुद्ध ५३ रन बनाएका थिए भने गण्डकी प्रदेशसंग अविजित २६ तथा प्रदेश-५ बिरुद्ध अविजित २१ रन बनाएका थिए। उनको प्रदर्शन पनि प्रदेश-३ सेमीफाइनलसम्म पुग्नुमा कारण थियो।

प्रधानमन्त्री कपमा तेश्रो नम्बरमा ब्याटिंग गरेका देब्रे हाते ब्याट्सम्यान पाण्डेलाई ज्ञानेन्द्र मल्लको अनुपस्थितिमा ओपनिंग ब्याटिंगमा प्रयोग गर्ने प्रशिक्षक पटवालले बताएका छन्।

यस्तै पहिलो पटक सिनियर टिममा मौका पाएका कुशल मल्ल अन्डर-१६ टिम हुँदै अन्डर-१९ राष्ट्रिय टिमबाट नियमित रुपमा खेल्दै आएका छन्। गत सिजन एभरेस्ट प्रिमियर लिगमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सबाट खेलेका मल्लले विस्फोटक पारिहरु खेल्दै मन जितेका थिए। त्यसपछि उनले अन्डर-१९ टिममा स्थान बनाएका थिए। मल्ल मध्यक्रममा विस्फोटक ब्याटिंग गर्नको लागि जनिने गर्छन् भने देब्रे हाते स्पिनर समेत हुन्।

नेपालको लागि टि-२० अन्तर्राष्ट्रीय खेल्ने खेलाडीहरु :- सोमपाल कामि, पारस खड्का, ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी, बसन्त रेग्मी, शरद भेसावकर, करन केसी, प्रदिप ऐरी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, अविनाश बोहरा , शक्ति गौचन, सागर पुन , सुबास खकुरेल, राजेश पुलामी, रोहित पौडेल, ललित राजबंशी, नरेश बुढायर, सन्दिप जोरा, जितेन्द्र मुखिया , पवन सर्राफ, आरिफ शेख, अविनाश कर्ण, अनिल मण्डल, अमृत भट्टराई, अनिल साह, कुशल मल्ल, इशान पाण्डे ,





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]