नेपाल सामू नेदरल्यान्ड्स १३७ रनमा अल आउट

काठमाडौं । अफ्रिकी मुलुक दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रुपमा आयोजना हुने २०२७ को एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको नेपालको उत्कृष्ट बलिङमा नेदरल्यान्ड्स १ सय ३७ रनमा अल आउट भएको छ ।

टियु मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा अल आउट हुदै १ सय ३७ रन बनायो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले ४९ बलमा ३३ रन बनाए । कप्तान एडवार्ड ३४ दशमलब २ ओभरमा कुशल भुर्तेलको बलमा एलबीडब्लु आउट भए ।

बास डि लिडेले ४४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । ललितनारायण राजवंशीले १९ दशमलब २ ओभरमा नेदरल्यान्ड्सको चौथो विकेट लिए । ललितले ४४ बलमा २७ रन बनाएका बास डि लिडेलाई बोल्ड आउट गराए ।

नेदरल्यान्ड्सले तेस्रो विकेटका रुपमा साइब्रण्ड इन्गलब्रेन्ट ललितनारायण राजवंशीको बलमा आउट भए । उनी ३५ बलमा २३ रन बनाउँदै स्लिपमा अनिल शाहबाट क्याच आउट भए । पहिलो ओभरको तेस्रो बलमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाए । उनले नेदरल्यान्ड्सबाट डेब्यु खेल खेलिरहेका मिचेल लेभिटलाई आउट गराए । लेभिट देव खनालबाट क्याच आउट भएका थिए ।

दोस्रो विकेटका रुपमा छैटौं ओभरको अन्तिम बलमा रहेका म्याक्स ओ डाउड रन आउट हुनपुगे । उनी ललितनारायण राजवंशीको बलमा रन आउट भएका थिए । म्याक्सले २१ बलमा १ छक्काको सहयोगमा १० रन बनाएका थिए ।

नेदरल्यान्ड्सले पाँचौं विकेटका रुपमा नोय क्रोस आउट भए । १२ रन बनाएका क्रोसलाई कुशल मल्लले रन आउट गराए । लगत्तै अर्को ओभरमा वेस्ली बारीसी कुशल भुर्तेलको बलमा आउट भए । उनी खाता नै नखोलि आउट भए । नेपालका लागि सातौं सफलता कप्तान रोहितकुमार पौडेलले दिलाएका थिए । पौडेलले २७ दशमलब २ ओभरमा सिराज अहमदलाई बोल्ड आउट गराए । ३३ ओभरको अन्तिम बलमा आर्यान दत्त कुशल भुर्तेलको बलमा आउट भए ।

भिभियन किंग्मा १७ बलमा २ रन बनाउँदै कुशल भुर्तेलको बलमा आउट भएसँगै पहिलो ईनिङ समाप्त भएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले दुई विकेट लिए ।

विश्वकप लिग टू मा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक खेल्दै छन् । एकदिवसीय अन्तराष्ट्रिय ९ओडिआई० मा भने नेपाल र नेदरल्यान्डबीच खेल भईसकेको छ ।

बिहिबार भएको भएको खेलमा टिममा रहेका करण केसी र पवन सर्राफ बाहिरिएका छन् । नेपालको प्लेईङ(११ मा दीपेन्द्रसिंह ऐरी र देव खनाल टिममा फर्किएका छन् ।

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा तीन ओडिआई खेल भएको छ । तीन मध्ये दुई खेलमा नेदरल्यान्ड्स र एक खेलमा नेपाल विजयी भएको छ । विश्वकपको अघिल्लो छनोटमा टेस्ट राष्ट्रहरुसँगै सुपर लिग खेलेको नेदरल्यान्ड्स लिगको पुछारमा रहदै लिग टू मा झरेको थियो । नेपालमा पहिलो पटक नेदरल्यान्ड्सको टिमले ओडिआई खेल खेल्न लागेको हो । यस खेललाई नेपाल ऐतिहासिक बनाउँन चाहन्छ ।

विश्वकप लिग टू मा पहिलो खेल्दै गरेको नेदरल्यान्ड्सलाई हराउँदै नेपालले अर्को ईतिहास बनाउँने छ ।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]