पहिलो एकदिवसीयमा नेपालद्वारा मलेसिया सहजै पराजित

नेपाल भ्रमणमा रहेको मलेसियन राष्ट्रिय क्रिकेट टिमलाई नेपाली राष्ट्रिय टिमले पहिलो एकदिवसीयमा १ सय ३५ रनले सहजै पराजित गरेको छ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले ३७.२ ओभरमा १ सय ४२ रन मात्र बनाउन सकेको हो। स्कोरकार्ड हेर्नु क्लिक गर्नुस 

कमजोर ब्याटिंग गरेको मलेसियाको लागि सयद अजिज र ऐनुल हकिमले समान २८ रन बनाए। भिरनदिप सिंहले २४ , मोहम्मद अरिफले १६ तथा शर्भिन मुनिएन्डीले ११ रन बनाउनु बाहक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिंगमा तिब्र गति बलर करन केसी र कमल सिंह ऐरीले समान ३ विकेट लिए। करनले ८ ओभरमा २ मेडन ओभर गर्दै २७ रन खर्चिए भने कमलले ६ ओभरमा १ मेडन ओभर गर्दै २० रन खर्चिए ।देब्रे हाते स्पिनर कुशल मल्लले २ विकेट तथा अविनाश बोहरा र पारस खड्काले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गर्ने क्रममा नेपालले ४६.६ ओभरमा सबै विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो ।

नेपालको लागि आरिफ शेखले शतकीय इनिंग खेल्ने क्रममा १०५ बलमा ७ चौका र ५ छक्का प्रहार गरे .सन्दिप जोराले ७० बलमा ७ चौका र १ छक्का मदतले ५८ रन बनाए । करन केसीले २५, ज्ञानेन्द्र मल्लले १९, पारस खड्काले १५, कुशल मल्लले १४ तथा सुबास खकुरेलले १२ रन बनाए । सुमित महर्जन ७ तथा कुशल भुर्तेल २ रन बनाएर आउट भए ।

Aarif Sheikh

५८ रनमा पहिलो ३ विकेट गुमाएपछि आरिफ र सन्दिपले चौथो विकेटको लागी १५२ रनको साझेदारी गरेका थिए।

मलेसियाको लागि पभनदिप सिंह र मोहम्मद अरिफले समान ३ विकेट लिए भने नजरिल रहमानले २ तथा अनवर रहमानले १ विकेट लिए ।

मलेसिया र नेपाल बीच मंगलबार दोश्रो एकदिवसीय तथा बिहिबार तेश्रो एकदिवसीय खेलिनेछ ।

(फोटोहरु – सुदर्शन रंजित )





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]