पाँच पोखरी टि-२० प्रतियोगिता : चौतारा साँगाचोकगढी नगरपालिकाको जितमा नवराज थापाको शतक

पाँच पोखरी टि-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिकाले इन्द्रावती गाउँपालिकालाई ७४ रनले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा १६७ रनको विशाल लक्ष्य पछ्याएको इन्द्रावती १६.५ ओभरमा ९२ रनमै समेटियो । उसका लागि विनोद तामाङले सर्वाधिक २३ र अमृत लम्सालले १२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

साँगाचोकगढीको बलिङतर्फ मिलन थापाले २.५ ओभरमा २४ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए भने नवराज थापा, निर्मल थापा र विनोद गौतमले समान २-२ विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साँगाचोकगढीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । उसका लागि ओपनर नवराज थापाले ६७ बलमा ११ चौका र १ छक्कासहित १ सय २ रनको शतकीय पारी  खेले । यस्तै, दिपेन्द्र डङोलले १८ तथा अर्का ओपनर निर्मल थापाले १६ रनको योगदान दिए ।

इन्द्रावतीको बलिङतर्फ कमल प्रसाद लम्सालले ३ ओभरमा २० रन खर्चिएर २ विकेट लिए । यस्तै, सुगम लम्साल र अमृत लम्सालले समान १ विकेट हात पारे ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]