पाकिस्तान सुपर लिग ड्राफ्टमा ८ नेपाली खेलाडी, पढ्नुस कति छ मूल्य

आगामी वर्ष २०२० फेब्रुवरी २० देखि २२ मार्च सम्म आयोजना हुने पाँचौ सिजनको पाकिस्तान सुपर लिग ( पीएसएल ) ड्राफ्टमा ८ जना नेपाली खेलाडी परेका छन्। पीएसएलको ड्राफ्ट डिसेम्बर ६ र ७ तारिकमा आयोजना हुँदैछ।

ड्राफ्टमा सन्दिप लामिछाने सहित, पारस खड्का, बिनोद भण्डारी, शरद भेसावकर, रोहित पौडेल, सोमपाल कामि, दिपेन्द्र ऐरि र आरिफ शेख रहेका छन्।

सन्दिप प्लाटीनम क्याटेगरीमा परेका छन् जुन सबै भन्दा माथिल्लो हो। यो क्याटेगरीमा काइरन पोलार्ड, डेल स्टेन, राशिद खान, सुनिल नारायण, ड्वेन ब्राभो, मोइन अलि जस्ता खेलाडीहरु रहेका छन्।

सन्दिप बाहेक अन्य सबै ७ खेलाडीहरु विदेशी खेलाडी अन्तर्गत सिल्भर क्याटेगरीमा रहेका छन्। यो सुचीमा धेरै एसोसिएट राष्ट्रका खेलाडी पनि रहेका छन् भने अन्तर्राष्ट्रिय क्रिकेटमा कम नाम चलेका खेलाडीहरु रहेका छन्।

पाकिस्तान सुपर लिग ड्राफ्टको लागि नेपाल क्रिकेट संघले पवन सर्राफ, करन केसी, बिनोद भण्डारी, ललित राजबंशी र आरिफ शेखको नाम सिफारिस गरेको थियो। ५ मध्ये बिनोद र आरिफ ड्राफ्टमा परेका छन्। अन्य खेलाडीहरु भने एजेन्ट मार्फत ड्राफ्टमा पुगेका हुन्।

सन्दिप लामिछाने, पारस खड्का र सोमपाल कामि बाहेक अन्य नेपाली खेलाडीहरुले हालसम्म व्यवसायिक विदेशी लिगहरु खेलेका छैनन्। सन्दिप विश्वभर लिग खेलीरहेका छन् भने पारस पहिलो पटक अहिले युएईमा जारि टि-१० लिग खेलीरहेका छन्।

सोमपालले यसै वर्ष क्यानडामा सम्पन्न ग्लोबल टि-२० लिग खेलेका थिए। सन्दिपले गत वर्ष पाकिस्तान सुपर लिग लाहोर कलन्दर्सबाट खेलेका थिए। उक्त सिजन उनले ७ खेल खेल्दा ११ विकेट लिएका थिए। लाहोर प्लेअफ पुग्न असफल भएको थियो जसले लिग अंक तालिकामा १० खेलमा ३ जित र ७ हार बेहोरेको थियो।

पाकिस्तान सुपर लिगको एउटा टिममा १६ देखि अधिकतम १८ खेलाडी हुनु पर्ने नियम रहेको छ। त्यस मध्ये प्लाटिनम, डायमण्ड, गोल्डबाट समान ३/३ जना, सिल्भर क्याटेगरीबाट ५ जना, २ जना इमर्जिंग क्याटेगरीबाट तथा २ जना सप्प्लिमेन्त्ट्रिबाट ( अप्सनल ) राख्नु पर्छ। सबै टिमहरुले पहिलो ९ खेलाडी छनौट गर्दा ३ जना विदेशी खेलाडी छनौट गर्नु पर्नेछ। १६ जनाको टिममा ५ जना विदेशी खेलाडी तथा ११ जना लोकल खेलाडी हुनु पर्नेछ भने १८ जनाको टिम भए ६ विदेशी र १२ लोकल खेलाडी राख्नु पर्नेछ।

कुन क्याटेगरीको खेलाडीको कति मुल्य ? 

सन्दिप लामिछाने रहेको प्लाटिनम क्याटेगरीको खेलाडीको मूल्य ड्राफ्टमा सबै भन्दा उच्च रहेको छ। यदी सन्दिप छनौट भए करिब १ करोड ६८ लाख देखि २ करोड ४९ लाख रुपयाँ ( १ लाख ४७ हजार डलर – २ लाख १८ हजार डलर ) सम्म पाउनेछन्।

सन्दिप बाहेक अन्य नेपाली खेलाडीहरु रहेको सिल्भर क्याटेगरीको खेलाडीको मूल्य १५ हजार डलर देखि ३५ हजार डलर रहेको छ। अर्थात १७ लाख देखि ४० लाख रुपैयाँ रहेको छ।

पीएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर कलन्दर्स, मुल्तान सुल्तान्स, पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स गरि ६ टिम रहेका छन्। गत सिजन लिगको उपाधि क्वेटा ग्ल्याडीएटर्सले जितेको थियो।

पाकिस्तान सुपर लिगको पुरा सिजन यो पटक पाकिस्तानमै आयोजना गर्ने बताईएको छ। यस अघि अधिकांश खेलहरु युएईमा खेलिन्थ्यो भने अन्तिम खेलहरु पाकिस्तानमा गर्ने गरिएको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]