पुलिसलाई उपाधी जित्न १८२ रनको लक्ष्य

काठमाडौं । विभागीय टोली नेपाल पुलिसको आर्मी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी जित्न त्रिभुवन आर्मी क्लबबाट १ सय ८२ रनको लक्ष्य पाएको छ ।

टियु मैदानमा जारी फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको आर्मीले ४९ दशमलब ५ ओभरमा अल आउट हुदै १ सय ८१ रन मात्र बनायो ।

आर्मीका लागि विवेक यादवले ८१ बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर इम्रान शेखले ६६ बलमा २८ तथा सोमपाल कामीले ५८ बलमा ४९ रन बनाए । कुशल मल्लले ३२ बलमा १७ रन बनाए । आठौं विकेटका लागि सोमपाल कामी र विवेक यादवबीचको ५९ रनको साझेदारी सर्वाधिक ठूलो साझेदारी रह्यो ।

दशौं विकेटका लागि यादव र जितेन्द्र मुखियाले ४३ रनको साझेदारी गरे ।

टोलीले सात विकेट गुमाएर ६९ रन बनाउँदा क्रिजमा आएका विवेकको उत्कृष्ट पारीको सहयोगमा आर्मी सम्मानजनक योगफलमा पुग्न सफल रह्यो ।

पुलिसका लागि ललितनारायण राजवंशी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान तीन तीन विकेट लिए । सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एक एक विकेट लिए ।

आर्मीले प्रतियोगिताको सबै फाइनल खेलेको छ । प्रतियोगिताको छैटौं संस्करणसम्म आईपुग्दा उसले सबै फाइनल खेलेको छ । पुलिसको भने यो तेस्रो पटक फाइनलमा स्थान बनाएको हो । २०१७ मा यि दुवै टोलीले खेलेका थिए । तर, वर्षाको कारण पूरा खेल हुन नसकेपछि यी दुवै टोलीले उपाधी बाँडेका थिए ।

हालसम्म दुइ पटक आर्मी र पुलिस फाइनलमा खेलेकामा दुइमा नै पुलिस अपराजित रहेको छ ।

२०१९ मा आर्मीलाई हराउँदै पुलिसले उपाधी जितेको थियो । २०२१ मा एपीएफलाई पराजित गर्दै आर्मीले उपाधि जितेको थियो ।

प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले १० हजार पाउनेछन् ।





थप समाचार

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]

अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी […]

चार्ल्सको शतकमा नेपाल पराजित

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको […]

चार्ल्सको शतकमा नेपाललाई २२८ रनको लक्ष्य

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिज ए बाट २ सय […]