पुलिस र आर्मीले फाइनल खेल्ने

काठमाडौं । विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन् ।

समूह चरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै आर्मीले फाइनलमा स्थान बनाएको हो । पुलिसले भने दुई खेल अगावै फाइनलमा स्थान बनाएको थियो ।

आर्मीले समूह चरण अन्तिम खेलमा गण्डकीलाई ६८ रनले पराजित गरेको हो । आर्मीले सात जितका साथ फाइनलमा स्थान बनाएको हो । पुलिसले अपराजित रुपमा फाइनलमा स्थान बनाएको हो ।

टियु मैदान कीर्तिपुरमा भएको खेलमा आर्मीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको गण्डकी २३ दशमलब ४ ओभरमा ६४ रनमा अल आउट भयो ।

गण्डकीका लागि ओपनर ईश्वर क्षेत्रीले १६ तथा करण पंगेनीले १५ रन बनाए । गण्डकीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

आर्मीका लागि साहब आलमले चार तथा कुशल मल्ल र जितेन्द्र मुखियाले समान दुई दुई विकेट लिए ।

त्यसअघि टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ३९ दशमलब १ ओभरमा १ सय ३२ रन बनाउँदै अल आउट भयो ।

आर्मीका लागि ओपनर ईम्रान शेखले ६४ बलमा सर्वाधिक ३४ रन बनाए । सोमपाल कामीले ३९ बलमा २३ तथा कप्तान विनोद भण्डारीले ४६ बलमा १९ रन बनाए ।

कुशल मल्लले १० बलमा १५ तथा भीम सार्कीले २३ बलमा रन बनाए । साहब आलमले अविजित १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

गण्डकीका लागि अमूत गुरुङ, कृष्ण पौडेल, कमल परियार र कप्तान विपीन खत्रीले समान दुई दुई तथा रोशन गौतम, सन्दीप पराजुलीले समान एक एक विकेट लिए ।

बिहिबार नै मुलपानीमा भएको खेलमा पुलिसले अपराजित यात्रा कायम राख्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गर्यो ।

पुलिसले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको सुदूर ३७ दशमलब १ ओभरमा १ सय २० रनमा अल आउट भएको थियो ।

सुदूरका लागि गजेन्द्र बोहोराले ४१ बलमा ३० तथा नरेन साउद र किरण ठगुन्नाले समान २४ रन बनाए । सुदूरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले १० ओभरमा २० रन खर्चिएर ७ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ दशमलब ५ ओभरमा १ सय ९८ रन बनाउँदै अल आउट भयो ।

पुलिसका लागि शंकर रानाले ५२ बलमा सर्वाधिक ४६ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ बलमा ४४ तथा अर्जुन साउदले ६४ बलमा ३२ रन बनाए ।

आरिफ शेखले ३५ बलमा २६ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरका लागि शेर मल्लले तीन तथा कप्तान नारायण जोशी, विकास आग्री र मिलन बाहोराले समान दुई दुई विकेट लिए । दिपक चन्दले एक विकेट लिए ।

पुलिस र आर्मीबीचको फाइनल खेल शनिबार हुनेछ ।





थप समाचार

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]

अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी […]