फाइनल खेलमा चलेन हैदराबादको ब्याटिङ, कोलकाताले गर्यो ११३ रनमा अल आउट

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेलमा कोलकाता नाइट राईडर्सको बलरसामू चल्न नसक्दा सनराइजर्स हैदराबाद १ सय १३ रनमा नै अल आउट भएको छ ।

एमए चिदम्बरम क्रिकेट स्टेडियम चेन्नईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद १८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय १३ रन मात्र बनायो ।

हैदराबादका लागि कप्तान प्याट कमिसंले १९ बलमा सर्वाधिक २४ तथा एडेन मारक्रमले २३ बलमा २० रन बनाए । हेनरिक क्लासेनले १७ बलमा १६ तथा नितिश रेड्डिले १० बलमा १३ रन बनाए । हैदराबादका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आइपीएल इतिहासको फाइनलमा बनेको यो नै कम योगफल हो ।

कोलकाताका लागि आन्द्रे रसेलले तीन तथा मिचेल स्टार्क र हर्षित रानाले समान दुई दुई विकेट लिए । वैभव अरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।

समूह चरणमा कोलकाता पहिलो र हैदराबाद दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका थिए । दुवै टोलीबीच यस संस्करणको यो तेस्रो भेट हो । समूह चरणको भेटमा कोलकाताले हैदराबादलाई चार रनले पराजित गरेको थियो ।

पहिलो क्वालिफायरमा हैदराबादलाई नै पराजित गरेर कोलकाताले फाइनलमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा हैदराबाद ८ विकेटले पराजित भएको थियो ।

दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेर हैदराबादले फाइनल यात्रा तय गरेको हो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]