बिक्रम सोबले अल-राउण्ड प्रदर्शन गर्दा आर्मी विजयी

बिक्रम सोबले अल-राउण्ड प्रदर्शन गर्दा प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगितामा अन्तर्गत विभागीय टोलि त्रिभुवन आर्मी क्लबलेले सुदूरपश्चिम प्रदेशमाथि ३ विकेटको रोमान्चक जित गर्दा गरेको छ ।

आर्मीले आफ्नो पहिलो खेलमा कर्णालीलाई ६३ रनको जित निकालेको थियो भने पुलिस क्लबसँग ४ विकेटको हार बेहोरेको थियो । प्रदेश-१ सँग भने खेल वर्षाले प्रभावित भएपछि अंक बाढेको थियो । यस्तै, सुदूरपश्चिमले भने आफ्नो पहिलो खेलमा पुलिससँग २ रनको हार बेहोरेको थियो भने कर्णालीलाई ४७ रनले पराजित गरेको थियो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ११६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले अन्तिम बलमा ७ विकेट गुमाएर पुरा गर्यो । उसका लागि ओपनर हरि चौहानले ३९ बलमा सर्वाधिक ३३ तथा बिक्रम सोबले मध्य क्रममा आएर २२ बलमा महत्वपूर्ण २९ रन बनाए । जितका लागि अन्तिम बलमा २ रनको आवश्यकता रहँदा शाहब आलमले छक्का प्रहार गर्दै आर्मीलाई सनसनीपूर्ण जित दिलाएका थिए ।

ओपनरद्वय हरि चौहान र भिम शार्कीले पहिलो विकेटको लागि ३१ रनको साझेदारी गरे । भिम १३ रन बनाएर आउट भएपछि आर्मीले निरन्तर अन्तरालमा विकेट गुमाउँन पुग्दा ९८/७ को दबाबपूर्ण अवस्थामा पुगेको थियो । त्यसपछि बिक्रम सोब र शाहब आलमले आठौँ विकेटको लागि अविजित २२ रनको साझेदारी गर्दै आर्मीलाई जित दिलाएका थिए ।

सुदूरपश्चिमको बलिंगतर्फ आदित्य मेहताले ( ४-०-१४-४ ) सर्वाधिक ४ तथा हेमन्त धामी, नारायन जोशी र शेर मल्लले समान १ विकेट लिए ।

यसअघि सुदूरपश्चिमले सम्पूर्ण विकेट गुमाएर ११५ रन बनाउँदै आर्मीलाई ११६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि खडक बोहोराले ३७, बसन्त कार्कीले ३४ तथा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदले १५ रन बनाए ।

ओपनरद्वय गजेन्द्र बोहोरा र खडक बोहोरा १० रनमा आउट भएपछि खडक र कार्कीले तेस्रो विकेटको लागि ६२ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याएका थिए । अन्तिममा मध्य क्रमका ब्याट्सम्यानहरु नचल्दा सुदूरपश्चिम विशाल योगफल बनाउँनबाट चुकेको थियो ।

आर्मीको बलिंगतर्फ बिक्रम सोबले ( ४-०-८-६ ) सर्वाधिक ६ विकेट लिए । यस्तै, कुशल मल्ल, हरि चौहान र शाहब आलमले समान १ विकेट लिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]