बिपिन र प्रतिषको आक्रामक पारि, बागमतीको सामन्य योगफल

प्रधामन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत हाल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बागमती प्रदेश र गण्डकी प्रदेश खेलिरहेका छन् ।

खेलमा टस जितेर ब्याटिंग रोजेको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको छ । उसका लागि बिपिन आचार्यले १९ बलमा ३ चौकाको मद्धतमा सर्वाधिक ३० रन तथा प्रतिष जिसीले ८ बलमा २७ रन बनाए जुनक्रममा २ चौका र ३ छक्का प्रहार गरे । यस्तै, विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेलले २७, लक्की कठायतले १७ तथा नन्दन यादवले १४ रनको योगदान दिए ।

ओपनरद्वय इशान पाण्डे र सुबाद खकुरेलले पहिलो विकेटको लागि २५ रनको साझेदारी गरे । पाण्डेलाई चौथौं ओभरमा कृष्ण पौडेलले आउट पारे । कप्तान ज्ञानेन्द्र मल्ल पनि ४ रन बनाएर क्याच आउट भए । त्यसपछि खकुरेल र कठायतले तेस्रो विकेटको लागि २० रनको साझेदारी गर्दै बागमतीको इनिंग्स अघि बढाए । खकुरेल ११ औं ओभरमा कमल परियारबाट तथा कठायत लगत्तै १२ औं ओभरमा रन आउट हुन पुगेपछि बागमती ६९/४ को दबाबपूर्ण अवस्थामा पुगेको थियो । अन्तिममा प्रतिष र बिपिनले आक्रामक ब्याटिंग गर्दै बागमतीको योगफल १४० रन पार गराए । प्रतिषले कृष्ण पौडेलको १९ औं ओभरमा २ छक्का र १ चौका हिर्काएका थिए ।

गण्डकीको बलिंगतर्फ बिशाल पौडेल ( ४-०-१८-२ ) र कृष्ण पौडेलले ( ३-०-२६-२ ) समान २ विकेट लिए । यस्तै, अशोक श्रेष्ठ, सुबाश भण्डारी र कमल परियारले समान १ विकेट लिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]