मुम्बईलाई हराउँदै गुजरातको विजयी सुरुआत

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल)मा गुजरात जाइन्ट्सले मुम्बई ईन्डियन्सलाई हराउँदै विजयी सुरुआत गरेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा गुजरात ६ रनले विजयी भयो ।

गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउँन सक्यो ।

मुम्बईका लागि डिवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाए । ओपनर रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए । यसै खेलमा आईपीएल डेब्यु गरेका अज्मतुल्लाह उमरजाइले पहिलो ओभरमा नै मुम्बईका ओपनर इशान किशनलाई आउट गराएका थिए ।

दोस्रो विकेटका लागि शर्मा र नमन धिरले ३० रनको साझेदारी गरेका थिए । नमनले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन बनाए । तेस्रो विकेटका लागि शर्मा र ब्रेभिसले ७७ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितीमा पुर्याए । तिलक बर्माले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।

गुजरातका लागि उमेश यादव, मोहित शर्मा, स्पेसर जोनसन र अज्मतुल्लाह उमरजाइले समान २/२ तथा साई किशोर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

गुजरातका लागि साई सुदर्शनले ३९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४५ रनको ईनिङ खेले । यसै खेलबाट पहिलो पटक टोलीको कप्तानी गरिरहेका शुभमन गिलले २२ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए ।

राहुल तिवातियाले १५ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए । ओपनर रिद्धिमान शाहले १५ ओभरमा ४ चौकाको सहयोगमा १९ रन बनाए । यसै खेलबाट आईपीएल डेब्यु गरेका अज्मतुल्लाह उमरजाईले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन बनाए ।

मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेरार्ड कोट्जेले २ विकेट लिए । पियुष चावलाले १ विकेट लिए ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]