मेहबुब आलमको कप्तानीमा एमएमकप खेल्ने प्रदेश-२ को टिम घोषणा,

Mehboob Alam
  • २३ मंसिर, राजबिराज ।

अगामि पुस १५ गतेदेखि आयोजना हुन गई रहेको दोश्रो मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि मेहबुब आलमको कप्तानीमा प्रदेश नं. २ क्रिकेट टोलिको घोषणा भएको छ।

गत मंसिर २० देखि २२ गतेसम्म सप्तरीको राजबिराजमा प्रदेश २ का ४१ जना खेलाडिहरु सम्मिलित गराई बन्द शिविरको आयोजना गरि छनौट गरिएको हो । मेहबुब बाहेक टोलिमा सुरज पटेललाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

टोलिमा हरिशंकर साह, सुधिर चौधरी, बिशाल सुश्लिंग, हासिम अंसारी, तिर्थराज दास, आशिष झा, अविनाश अधिकारी, राहुल प्रताप सिंह, बिवेक यादव, आदिल अन्सारी, कुमार थापा र सम्साद शेखलाई प्रदेश २ छनौट समितिको सिफारिशको आधारमा छनौट गरिएको जानकारी प्रदेश २ क्रिकेट संघका सचिव आयुश श्रेष्ठले गराउनु भएको छ ।

उपकप्तान सुरज पटेल

टोलिको प्रशिक्षकको जिम्मेवारी धर्मेन्द्र चौधरी तथा व्यवस्थापकको जिम्मेवारी बिरेन्द्र यादवलाई दिइएको समेत जानकारी श्रेष्ठले गराउनु भएको छ।

सुनसरीको इनरुवा संचालन हुने उक्त प्रतियोगिता अन्र्तगत ७ वटै प्रदेशका टोलि तथा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, मलेशियाको राष्ट्रिय टोलि तथा आयोजक टोलि सहित कुल १२ टोलिको सहभागिता हुनेछ । बिजेताले ४ लाख ५ हजार तथा उपबिजेता २ लाख ५ हजार प्राप्त गर्नेछ भने खेल ५० ओभरको फर्मेटमा हुनेछ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]