ललितपुरलाई हराउँदै एपीएफ एक खेल अगाबै फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ ।

एक खेल अगाबै फाइनल प्रवेश गर्ने क्रममा एपीएफले ललितपुर मेयर्स एघारको टिमलाई ८ विकेटले पराजित गरेको हो ।

सोमबार भएको खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य एपीएफले ९ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

एपीएफका लागि कप्तान सिता रानामगरले ३५ बलमा ८ चौकाको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेलिन् । अर्की ओपनर ममता चौधरीले २१ बलमा १६ रन बनाईन् ।

ललितपुरका लागि कृतिका मरासिनीले २ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ७१ रन बनाएको थियो ।

ललितपुरका लागि कप्तान पूजा महतोले ३९ बलमा २४ तथा ज्योत्सिका मरासिनीले ३९ बलमा २१ रन बनाईन् । ललितपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफका लागि रेखा रावल र सिता रानामगरले समान १/१ विकेट लिए ।

प्रतियोगितामा गत वर्ष महिला प्रधानमन्त्री कपको शीर्ष चार टोली र ललितपुर मेयर्स एघारको टोली सहभागी छन् । राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्ने छन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]