विश्वकप लिग-२ : स्कटल्याण्डसंग अमेरिका पराजित, अमेरिका शिर्ष स्थानमा कायमै

आईसीसी विश्व कप लिग-२ अन्तर्गत स्कटल्याण्ड, अमेरिका र युएई बीच युएईमा जारि सिरिज अन्तर्गत पाँचौ खेलमा स्कटल्याण्डले अमेरिकालाई ४ विकेटले पराजित गरेको छ।

सिरिज अन्तर्गत लगातार ३ खेलमा जित दर्ता गरेको अमेरिकाको यो पहिलो हार हो। यस अघि पहिलो खेलमा अमेरिकासंग ३५ रनले पराजित भएको स्कटल्याण्डको भने सिरिजमा यो पहिलो जित हो। स्कटल्याण्ड र युएई बीचको खेल वर्षले रद्द भएको थियो। युएई हालसम्म जित विहिन रहेको छ। ( अंकतालिका तल हेर्नु होला ) 

आईसीसी एकेडेमीमा शनिवार सम्पन्न खेलमा अमेरिकाले दिएको २४६ रनको लक्ष्य स्कटल्याण्डले ४८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। स्कटल्याण्डको लागि कलम म्याकलोएडले सर्वाधिक ६२ रन बनाए। रिची बेरिंगटनले ३६, सफ्यान सरिफ र जोश डेभेले समान २६ रन बनाए।

एक समय ७५ रनमा ३ विकेट गुमाएको स्कटल्याण्डको लागि चौथो विकेटको रुपमा म्याकलोएड र बेरिंगटनले ७८ रनको साझेदारी गरेका थिए। दुवै ब्याट्सम्यान आउट भएपछि १८८/६ को अवस्थाबाट  सातौँ विकेटको लागि सरिफ र डेभेले अविजित ५८ रनको साझेदारी गर्दै टिमलाई जित दिलाएका थिए।

अमेरिकाको बलिंगमा क्यामरन स्टेभेनसनले ३ तथा सौरभ नेत्रभालकर र निसर्ग पटेलले १/१ विकेट लिए। रस्टि थेरोन विकेट विहिन रहे।

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २४५ रन बनाएको थियो। उसको लागि स्टेभेन टेलरले सर्वाधिक ५६ तथ जेभियर मार्शलले ५० रन बनाए। स्कटल्याण्ड बलर मार्क वाटले ३ विकेट तथा जोश डेभे, एलेस्टर इभान्स र हम्जा ताहिरले २/२ विकेट लिए।

सिरिज अन्तर्गत अब अन्तिम खेल युएई र स्कटल्याण्ड बीच आइतबार खेलिनेछ।

हारको बाबजुद विश्वकप लिग-२ अंकतालिकामा अमेरिका ८ खेलमा ६ जित र २ हार सहित १२ अंक बटुली शिर्षस्थानमा रहेको छ। दोश्रो स्थानमा रहेको स्कटल्याण्डको ७ खेलमा ४ जित र २ हार सहित ९ अंक रहेको छ। नामिबिया र ओमान समान ६ अंक सहित तेश्रो र चौथो स्थानमा रहेको छ। युएईले ३ खेल खेल्दा जित बिहिन रहेको छ। पपुवा न्यु गिनीले खेलेको सबै ८ खेलमा हार बेहोरेको छ। नेपालले हालसम्म कुनै खेल पनि खेलेको छैन।

विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल ओमान र अमेरिकासंग नेपालमै फेब्रुअरीमा खेल्नेछ। सिरिजको लागि टियु क्रिकेट मैदानको स्तरोन्नति थालीसकिएको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]