श्रीलंकामा नेपाली युवा टिमको पहिलो अभ्यास खेल आज

सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा आयोजना हुने अन्डर-१९ एसिया कप खेल्न १० दिन अगावै श्रीलंका पुगेको नेपाली यु-१९ टिमले आज पहिलो अभ्यास खेल खेल्ने तालिका रहेको छ।

नेपाली टिम शनिवार श्रीलंका प्रस्थान गरेको थियो। कोलोम्बोमा नेपाली टिमले आइतबार नेट र फिल्डिंग अभ्यास गर्यो भने सोमबार म्याच सिनारियो अभ्यास गर्यो।

कोलोम्बोमा नेपालले पहिलो अभ्यास खेल सिन्हालिज स्पोर्ट्स क्लबसंग खेल्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ। खेल श्रीलंकाको समय १० बजे हुनेछ ( नेपाली समय १०:१५ बजे )। कोलोम्बोको सिन्हालिज स्पोर्ट्स क्लबको मैदानमा खेलहुनेछ।

वर्षाले खेल नहुने सम्भावना 

कोलोम्बोमा आज लगातार पानि परिरहेकोले आज नेपालको पहिलो अभ्यास खेल प्रभावित हुने देखिएको छ। अहिले पनि कोलोम्बोमा पानि परिरहेको छ भने मौसम पूर्वानुमानका अनुसार दिनभर पानि पर्ने सम्भावना रहेको छ।

श्रीलंकामा नेपालको अभ्यास तालिका 

श्रीलंका शनिवार पुगेपछि व्यस्त भएको नेपाली युवा टिमले बुधबार आराम गर्नेछ। नेपाली टिमलाई अभ्यासमा भारतीय प्रशिक्षक अपुर्भ देसाइले सघाईरहेका छन्।

भारतीय ब्याटिंग कन्सल्टेन्ट अपुर्भ देसाईले श्रीलंकामा नेपाली टिमलाई सघाइरहेका छन्

बिहिबार ( अगस्ट  २९ ) नेपालले बदुरालिया क्रिकेट क्लबसंग दोश्रो अभ्यास खेल खेल्ने तालिका रहेको छ। यस्तै शुक्रबार ( अगस्ट ३० ) टिमले चीला मरियन्स क्लबसंग तेश्रो अभ्यास खेल खेल्नेछ। ३ वटा अभ्यास खेल खेलेपछि टिमले सेप्टेम्बर १ र २ मा नेट र फिल्डिंग अभ्यास गर्ने तालिका रहेको छ।

यु-१९ एसिया कपमा नेपालको खेल तालिका 

प्रतियोगितामा नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

सबै खेल खेल श्रीलंकाको स्थानीय समय ९:३० बजे बिहान अर्थात नेपालको समय ९:४५ बजे सुरु हुनेछ।

१५ सदस्यीय नेपाली टिम :- रोहित पौडेल ( कप्तान )  , रित गौतम , पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामांग, लोकेश बम , प्रतिस जिसी





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]