हिमालय वारियर्सलाई उपाधि

तिहारको उपलक्ष्यमा नेपालगन्जमा भएको आइडियल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राष्ट्रिय खेलाडी महेश क्षेत्री नेतृत्वको हिमालय वारियर्स जितेको छ ।

शनिवार नेपालगन्जको मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको फाइनल खेलमा युनिक स्पोर्टस् क्लवलाई ७ विकेटले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

न्यू स्टार क्लवको आयोजनामा भएको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको युनिकले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । उसका लागी विनायक गीरीले अर्धसतकीय पारि खेले भने रमेश सिंहले २३ रनको योगदन दिए । त्यस्तै हिमालयनका बलर सिद्धान्त राज शाहीले ३ विकेट र अमर सिंह रौटेलाले २ विकेट लिए ।

१ सय ८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको हिमालयन वारियर्सले १२.५ ओभरमा ३ विकेटको नोक्सानीमा उक्त लक्ष्य हासिल गर्दै विजयी भयो । हिमालयन वारियर्सका सुवेन्दु पाण्डेले ४२, सिद्धान्त राज शाही २५ र अनुपम सिंहले १८ रनको योगदन दिए । यूनिक स्पोर्टस क्लबका बलर शिव डांगीले ३ विकेट लिएका थिए ।

हिमालयन वारियर्सका सिद्धान्त राज शाही म्यान आफ दि फाईन घोषित भए । उत्कृष्ट खेलाडिलाइ हिमालय प्रीन्टर्स नेपालगन्जले मोबाइल प्रदान गरेको थियो । प्रतियोगितामा म्यान अफ दि सिरिज सिद्धान्तराज शाहि, वेस्ट ब्याट्सम्यान सुवेन्दु पाण्डे, वेस्ट फिल्डर फारदिन खान र उदयिमान खेलाडी कलीमुद्धीन खान घोषित भएका छन् ।

प्रतियोगिताका बिजयी खेलाडीलाइ प्रमुख अथिती आइडिइल पब्लीकका प्रिन्सिपल अनावर शाह वाँके जिल्ला क्रकेट संघका सल्लाहकारद्धय कृष्ण पुन र दिपक हमालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाइ ४ थान आइरन शिव अटोमोबाइल काठमाडौले प्रदान गरेको थियो

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy