हिमालय वारियर्सलाई उपाधि

तिहारको उपलक्ष्यमा नेपालगन्जमा भएको आइडियल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राष्ट्रिय खेलाडी महेश क्षेत्री नेतृत्वको हिमालय वारियर्स जितेको छ ।

शनिवार नेपालगन्जको मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको फाइनल खेलमा युनिक स्पोर्टस् क्लवलाई ७ विकेटले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

न्यू स्टार क्लवको आयोजनामा भएको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको युनिकले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । उसका लागी विनायक गीरीले अर्धसतकीय पारि खेले भने रमेश सिंहले २३ रनको योगदन दिए । त्यस्तै हिमालयनका बलर सिद्धान्त राज शाहीले ३ विकेट र अमर सिंह रौटेलाले २ विकेट लिए ।

१ सय ८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको हिमालयन वारियर्सले १२.५ ओभरमा ३ विकेटको नोक्सानीमा उक्त लक्ष्य हासिल गर्दै विजयी भयो । हिमालयन वारियर्सका सुवेन्दु पाण्डेले ४२, सिद्धान्त राज शाही २५ र अनुपम सिंहले १८ रनको योगदन दिए । यूनिक स्पोर्टस क्लबका बलर शिव डांगीले ३ विकेट लिएका थिए ।

हिमालयन वारियर्सका सिद्धान्त राज शाही म्यान आफ दि फाईन घोषित भए । उत्कृष्ट खेलाडिलाइ हिमालय प्रीन्टर्स नेपालगन्जले मोबाइल प्रदान गरेको थियो । प्रतियोगितामा म्यान अफ दि सिरिज सिद्धान्तराज शाहि, वेस्ट ब्याट्सम्यान सुवेन्दु पाण्डे, वेस्ट फिल्डर फारदिन खान र उदयिमान खेलाडी कलीमुद्धीन खान घोषित भएका छन् ।

प्रतियोगिताका बिजयी खेलाडीलाइ प्रमुख अथिती आइडिइल पब्लीकका प्रिन्सिपल अनावर शाह वाँके जिल्ला क्रकेट संघका सल्लाहकारद्धय कृष्ण पुन र दिपक हमालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाइ ४ थान आइरन शिव अटोमोबाइल काठमाडौले प्रदान गरेको थियो





थप समाचार

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]