प्रम कप(पुरुष)सुदुरपश्चिम छनोट : शेर मल्लको उत्कृष्ट बलिङमा कैलाली विजयी हुँदै फाइनल प्रवेश

लोकेश जोशी/धनगढी

 धनगढी स्थित फाप्ला मैदानमा जारि प्रधानमन्त्री कप(पुरुष)प्रादेशिक छनोट अन्तर्गत एलाइट च्याम्पियनसिपको नवौं दिन सम्पन्न प्रतियोगिताको दशौं खेलमा कैलालीले बैतडीलाई १० रनको झिनो अन्तरले पराजित गर्दै लगातार तेश्रो जित निकाल्न पनि सफल हुँदै प्रतियोगिताको फाइनल प्रवेश गर्न सफल भएको छ।

प्रतियोगिताको दशौं खेलमा कैलालीले टस जित्दै पहिला ब्याटिङ्ग गर्ने निर्णय लिएको हो।फलस्वरूप, खराब मौसमका कारण हुनुपर्ने ५० ओभरको खेललाई ३० ओभरमा झारिएको खेलमा कैलालीले ३० ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र २०० रन जोड्नसक्यो।ब्याटिङ्गतर्फ, कैलालीका लागि अभिषेक पालले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेल्ने क्रममा ६३ बल खेल्दा अर्का ब्याट्सम्यान आयुव चन्दले अविजित ५३ रनको अर्धशतकिय पारी खेल्ने क्रममा ५० बल तथा टेक रावतले ४१ रन बनाउनेक्रममा ४१ बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्ननसक्दा टोलि कम स्कोरमा समेटिन पुगेको टिम व्यवस्थापक दिनेश महर्जनले बताए।बलिङ्गतर्फ, बैतडीका लागि खडक बोहराले ३ विकेट लिनेक्रममा ६ ओभर बलिङ गर्दै २२ रन खर्चंदा भुपेन्द्र चन्द र ऋषिकेश बोहराले समान १/१ विकेट लिन पुगे।

                         

२०१  रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बैतडीले निर्धारित ३० ओभरको खेलमा ७ विकेटको क्षति मात्र १९० रन बनाउनसक्दा खेल १० रनको झिनो अन्तरले गुमाउनपुग्यो।ब्याटिङ्गतर्फ, बैतडीका लागि खडक बोहराले सर्वाधिक ११० रनको शतकिय पारी खेल्दै प्रतियोगितामा पहिलो शतक बनाउनेक्रममा ८९  बल खेल्दा अर्का ब्याट्सम्यान कप्तान वसन्त खत्रीले २७ रन बनाउनेक्रममा २७ बल तथा नरेन भट्टले २६ रन बनाउनेक्रममा ३२ बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो रनअंक छुन नसक्दा टोलि पराजित हुनपुगेको टिम व्यवस्थापक विनोद बिष्टले बताए। बलिङतर्फ, कैलालीका लागि शेर मल्लले सर्वाधिक ४ विकेट लिनेक्रममा ६ ओभर बलिङ गर्नेक्रममा २८ रन खर्चिनुका साथै कप्तान नारायण जोशीले पनि महत्त्वपूर्ण २ विकेट लिनेक्रममा ६ ओभर बलिङ गर्दै ३६ रन खर्चिदै आफ्नो टोलिलाइ प्रतियोगितामा लगातार तेश्रो जित दिलाउन पनि सफल हुँदै प्रतियोगिताको फाइनलमा प्रवेश गराउदै फाइनलमा पुनः बैतडीसङ्गको भेट सुरक्षित पनि गर्न सफल भएका हुन्।
सुदुरपश्चिम प्रदेशस्तरिय छनोट क्रिकेट खेल अन्तर्गत नवौं दिनको दशौं खेलमा प्लेयर अफ दी म्याच बैतडीका खडक बोहरा घोषित हुँदै नगद एकहजार तथा आकर्षक ट्रफी हात पार्न सफल भए।

प्रतियोगिताको एघारौं दिनको एघारौं अर्थात फाइनल एकदिवसीय खेल पौष २४ गते कैलाली र बैतडीबीच बिहान ०९:३० बजेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुने सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका सदस्य रमेश चन्दले बताए।

 

राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यतालिकाअनुसार नेपाल  क्रिकेट संघले यहि पौष २७ गतेदेखि रुपन्देही  जिल्लाको सिद्धार्थ रंगशाला काठमाडौको त्रिभुवन विश्वविद्यालय तथा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एकसाथ सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता-२०८० को तयारीस्वरुप यही पौष ८ गतेदेखि पौष २४ गतेसम्म बैतडीको सुन्दरखाली क्रिकेट मैदान र धनगढीको फाप्ला  क्रिकेट मैदानमा प्लेट च्याम्पियनसिप र एलाइट च्याम्पियनसिप गरि दुई समुहमा बिभाजन गरि सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता-२०८० सञ्चालन गरेको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]