प्रम कप(पुरुष)लुम्बिनी प्रदेशस्तरिय क्रिकेट छनोट : सिद्धान्तको अलराउन्ड प्रदर्शनमा बाँकेलाइ उपाधी

लोकेश जोशी / भैरहवा

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट प्रतियोगिता २०८० को फाइनल खेल अर्थात एघारौं खेल अन्तर्गत आज भैरहवास्थित सिदार्थ क्रिकेट रंगशालामा भएको खेलमा बाँकेले नवलपरासीलाई ७ रनले पराजित गर्दै छनोट प्रतियोगिताको उपाधी जितेको हो ।

मौसमका कारणले २८ ओभरमा छोट्टाईएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बाँकेले २७.१ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर मात्र १४९ रन बनायो।ब्याटिङमा बाँकेका लागि कप्तान सिद्धान्तराज शाहिले सर्वाधिक ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाए । त्यस्तै, राहुल शर्माले १६ रन, सुनिल भण्डारीले १४रन, लभकुश यादवले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन्। बलिङमा नवलपरासीका लागि इकलाख वर्शीले सर्वाधिक ३ विकेट लिनेक्रममा ६ ओभर बलिङ गर्दै  ३० रन खर्चँदा अजित यादवले पनि महत्त्वपूर्ण ३ विकेट लिनेक्रममा ६ ओभर बलिङ गर्द ३८ रन तथा  रोशन लाल गुप्ताले २ विकेट लिनेक्रममा ४ ओभरमा १९ रन खर्चिनपुगे।

                                 

            १५० रनको विजयी लक्ष्य लिएर मैदान प्रवेश गरेको नवलपरासीले २८ ओभर पूरा खेल्दै आफ्नो महत्त्वपूर्ण ७ विकेट गुमाएर मात्र १४२ रन जोड्न पुगेको थियो । ब्याटिङमा नवलपरासीका लागि सम्राट भुसालले सर्वाधिक ५६ बलमा ४ चौकासहित ३८ रन बनाए।त्यस्तै, दिल्साद अलिले ३४ रन, रन्जित खड्काले २७ रन, जितेन्द्र केवातले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन नसक्दा फाइनल खेल ७ रनको झिनो अन्तरले गुमाउदै उपाधी जित्नबाट भने वञ्चित भएको छ। बलिङमा बाँकेका लागि कप्तान सिधान्त राज शाहि र लभकुश यादवले समान २/२ विकेट लिनेक्रममा क्रमशः  ६ ओभरमा १६ रन तथा  ५ ओभरमा २६ रन खर्चिनपुग्दा धनबहादुर क्षेत्री र सुनिल भण्डारीले पनि समान १-१ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाई छनोट प्रतियोगिताको उपाधी दिलाउन पनि सफल भएका हुन्।

प्रम कप (पुरुष)लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोटको फाइनल खेलका प्लेयर अफ दी म्याच बाँकेका कप्तान सिद्धान्तराज शाही भएसङ्गै उनलाई लुम्बिनी प्रदेश क्रिकेट संघका पुर्व उपाध्यक्ष एवम् वर्तमान सल्लाहकार कृष्ण श्रेष्ठले म्यान अफ द म्याचको ट्रफी प्रदान गर्नुभयो ।

समापन समारोहमा च्याम्पियन बनेको बाँकेलाई लुम्बिनी प्रदेश क्रिकेट संघका सचीव कैलाश रोका मगरले प्रथम ट्रफी प्रदान गरेका हुन्। प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशस्तरिय छनोट खेल पुस १२ गते देखि आज २२ गतेसम्म सिदार्थ रंगशाला र देउखुरी रंगशालामा संचालन गरिएको हो । यहाँबाट उत्कृष्ट खेल्ने खेलाडीहरुलाई २ दिन बन्द प्रशिक्षणमा राखी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि १४ सदस्यसहित्को लुम्बिनी प्रदेशको टिम निर्माण गरिने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी गराए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]