नेपाल टी-२० लिगको प्लेअफ समीकरण पूरा

नेपाल टी-२० लिगको समूह चरणका खेल सकिएका छन्। शनिबार समूह चरणका अन्तिम दुई खेल सकिएसँगै प्लेअफ समीकरण समेत पूरा भएको छ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्सबीच क्वालिफायर्स–१ हुनेछ। यो खेल आइतबार मध्यान्ह हुनेछ। खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले क्वालिफायर-२ मा खेल्न पाउनेछ।

अङ्क तालिकामा तेस्रो भएको विराटनगर किंग्स र चौथो भएको काठमाडौं नाइट्सबीच एलिमिनेटरको खेलमा प्रतिस्पर्धा हुनेछ। एलिमिनेटर सोमबार हुनेछ। विजेता टिम क्वालिफायर-२ मा पुग्नेछ भने पराजित हुने टिम बाहिरिनेछ। क्वालिफायर-२ मङ्गलवार हुनेछ। क्वालिफायर-१ र क्वालिफायर-२ को विजेताबिच फाइनल खेल हुनेछ। फाइनल बुधबार हुनेछ।

यता शनिबार भएको समूह चरणको अन्तिम खेलमा पोखरालाई फार वेस्टले ४१ रनले हरायो। महत्त्वपूर्ण खेलमा पराजित भएसँगै पोखरा प्लेअफमा पुग्न सकेन। फार वेस्ट भने यसअघि नै बाहिरिएको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]