साताै राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबार पहिलो दिन भएकाे दुइवटा पुरूष तर्फका क्रिकेट खेलहरूमा शशस्त्र प्रहरी बल (एपीएफ) र मध्यमाञ्चल विकास क्षेत्र विजयी भएका छन । स्कोरकार्ड
विहान भएकाे पहिलाे खेलमा टस हारेर पहिले मैदानमा उत्रेकाे एपीएफले सन्दिप सुनारकाे ५१ रनकाे अर्धशतकिय पारीले २० अाेभरमा ४ विकेट गुमाइ १ सय ४५ रन बनाएकाे थियाे । टीमका लागी प्रदिप एेरीले नटअाउट २९ तथा पारस खड्काले नटअाउट २६ रनकाे पारी खेलेका थिए ।
अाेपनर सुवाश खकुरेल (३ रन) तथा माेहमद अाशिफ सेख (४ रन) लाइ टीमकाे २१ रन हुदा गुमाएकाे एपीएफकाे पारी तेस्राे नम्बरमा ब्याटिंग गर्न अाएका सन्दिप सुनारले सम्हालेका थिए । ४५ बलकाे सामना गरेका सन्दिपले ५ चाैका प्रहार गरे । त्य्स्तै पृथु बास्काेटालाइ अमरसिंह राैटेलाले १५ रनमा एलबिडब्लु धरापमा पारे ।
मध्य पश्चिमाञ्चलका लागी अमर सिंह राैटेलाले २ तथा सिदान्त सिंह शाहीले १ विकेट लिए । जवाफी व्याटिंगमा उत्रेकाे मध्यपश्चिमाञ्चल निर्धारित २० अाेभरमा १ सय १९ रनमा राेकियाे । अाेपनर टेक सलामी शुन्य रनमा करण केसीले पवेलियन फर्काए भने अर्का अाेपनर सुबेन्दु पाण्डेलाइ एपीएफका कप्तान पारस खड्काले ७ रनमा बाेल्ड पारेका थिए ।
सम्हालिएर ब्याटिंग गर्दै प्रनित थापाले ४० तथा अनुपम सिंहले २१ रन जाेडेपछि मध्य पश्चिमाञ्चलले साे स्काेर खडा गरेकाे हाे । ३३ बलमा ४ चाैका र १ छक्का प्रहार गरेका प्रनितलाइ पारस खड्काले बाेल्ड गरेका थिए भने १४ रन जाेडेका अमरसिंह राैटेलालाइ समेत खड्काले बाेल्ड गरे ।
एपीएफका पारस खड्काले ४ अाेभरमा १ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिए भने भुवन कार्की, शक्ति गाैचन र करण केसीले समान १ विकेट पाए ।
त्यस्तै दिउँसाे भएकाे राेमाञ्चक खेलमा मध्यमाञ्चलले पुर्वाञ्चललाइ ४ रनले पराजित गरेकाे छ । टस जितेर पहिले ब्याटिंग गरेकाे मध्यमाञ्चलले निर्धारित २० अाेभरमा ९ विकेट गुमाएर १ सय २० रन जाेडेकाे थियाे । मध्यमाञ्चलका लागी जितेन्द्र ठकुरीले ३१, अाश्चल चाैधरीले २७, रसिद खानले २१ तथा हासिम अन्सारीले १६ रन जाेडेका थिए ।
बलिंगमा पुर्वाञ्चलका पुष्प थापा, सन्दिप ढुंगाना र फिर्दाेश अन्सारीले समान २ तथा मेहबुब अालमले १ विकेट लिए । जवाफी ब्याटिंगमा पुर्वाञ्चल निर्धारित २० अाेभरमा ९ विकेट गुमाएर १ सय १६ रनमा सिमित भएपछि मध्यमाञ्चलले ४ रनकाे राेमाञ्चक जित हात पारेकाे हाे । पुर्वाञ्चलका मनिश थापाले १७, पुष्प थापा र विवेक यादवले १, तथा राज थापाले १२ रन बनाएपनि अन्य व्याट्सम्यान नचल्दा उसले हार बेहाेर्नु पर्याे ।
मध्यमाञ्चलका असिम अन्सारीले ३ तथा रूपेश श्रीवास्तवले २ विकेट लिदै टीमकाे जित सुनिश्चित पारे । प्रतियाेगितामा शनिवार सुदुरपश्चिमाञ्चल तथा नेपाल अार्मी तथा दिउँसाे पश्चिमाञ्चल र नेपाल पुलिस क्लब भिड्ने छन।