नेपालद्वारा जिम्बाब्वे ‘ए’ लाई चुनौतिपूर्ण लक्ष

टेस्ट राष्ट्र जिम्बाब्वे ‘ए’ टिमको  नेपाल भ्रमण अन्तर्गत तिन खेलको टि-ट्वान्टी सिरिज आइतबार सुरु भएको छ।

टियु क्रिकेट मैदानमा जारि सिरिजको पहिलो खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा १८१ रन बनाउदै जिम्बाब्वे ‘ए’ लाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालको ब्याटिंगमा मोहम्मद आदील आलमले सर्वाधिक ४७ रन बनाए जुन क्रममा अविजित रहँदै उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६ तथा दिपेन्द्र ऐरीले २८ रन योगदान दिए। स्कोरकार्ड 

ओपनर आसिफ सेख ९ रन बनाएर आउट हुँदा दोश्रो विकेटको लागि भुर्तेलले रोहित पौडेलसंग ५७ रन जोडे। एघरुण ओभरमा भुर्तेललाई ब्राण्डन मभुताले क्याच आउट पारे। तेश्रो विकेटको लागि रोहित पौडेल र दिपेन्द्र ऐरीले ३९ रन जोडे। रोहित १४ औं र दिपेन्द्र १६ औं ओभरमा आउट भए। त्यसपछि आदील आलमले आक्रामक ब्याटिंग गरे।

जिम्बाब्वे ‘ए’ का बलर  ब्राड इभान्स, लु जोंग्वे, ब्राण्डन मभुता र जोन मसाराले १/१ विकेट लिए।

खेलमा नेपालले देब्रे हाते स्पिन अलराउण्डर बसिर एहमदलाई डेब्यु गराएको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]