वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपमा वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाएको छ ।

वेस्ट इन्डिजको एन्टिगुवामा भएको खेलमा दक्षिण अफ्रिका डीएलएसमा तीन विकेटले विजयी हुदै दश वर्ष पछि टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ३६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टब्सले बलमा रन बनाए । हेनरीक क्लेसनले १० बलमा २२ तथा कप्तान एडेन मारकमले १५ बलमा १८ रन बनाए । ओपनर क्विटन डि ककले ७ बलमा २२ रन बनाए ।

वेस्ट इन्डिजका लागि रोस्टन चेसले तीन तथा आन्द्रे रसेल र अल्जारी जोशेफले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेसले ४२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । ओपनर कायल मेयर्सले ३४ बलमा ३५ रन बनाए । मेयर्स र चेसले तेस्रो विकेटका लागि ६५ बलमा ८१ रनको साझेदारी गरेका थिए । आन्द्रे रसेलले ९ बलमा १५ तथा अल्जारी जोसेफले ११ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि तबरेज साम्सीले तीन तथा कागिसो रबडा, मार्को यानसन, केशब महाराज र कप्तान एडेन मारकमले समान एक एक विकेट लिए ।

सुपर एटको समूह टूबाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाईसकेको छ । यो खेलको विजेताको रुपमा दक्षिण अफ्रिकाले सेमिफाइनलमा पुगेको छ । वेस्ट इन्डिजको भने यस संस्करणको यात्रा समाप्त भएको छ ।

दक्षिण अफ्रिका अपराजित रुपमा समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । दक्षिण अफ्रिकाले बिहीबार समूह वानको उपविजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । समूह वानको विजेता र उपविजेताको भने टुंगो लागेको छैन ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]