चन्दनको बलिङमा चलेन सुदूरको ब्याटिङ

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बलर चन्दन राम बलिङमा चम्कँदा सुदूरपश्चिम प्रदेश ८७ रनमा अलआउट भएको छ ।

मुलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले १६ दशमलब २ ओभरमा अल आउट हुँदै ८७ रन बनायो ।

सुदूरका लागि नारायण जोशीले २५ बलमा अविजित २३ रन बनाए । ओपनर खडक बोहोराले ३३ बलमा २४ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

पुरन विकको स्थानमा मौका पाएका चन्दन रामले ओभरमा रन खर्चिएर विकेट लिए । चन्दनको राष्ट्रिय प्रतियोगितामा यो डेब्यु खेल रहेको थियो । भुवन कार्कीले तीन तथा कप्तान रोहित कुमार पौडेलले दुई विकेट लिए ।

फाइनल सम्भावना कायम राख्न दुवै टोलीका लागि यो खेल जित्नेै पर्ने हुन्छ ।





थप समाचार

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]