रुपन्देही सुपरलिग क्रिकेट : जितसँगै देवदह युनिट डिभिजन ‘ए’ मा

फागुन ९, भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सोमबारको खेल देवदह क्रिकेट युनिटले जितेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ‘बी’ अन्तर्गतको खेलमा लुम्बिनी शाक्यानलाई ३६ रनले पराजित गर्दै विजयी हासिल गरेको हो । जितसँगै देवदह डिभिजन ‘ए’ मा उक्लेको छ ।

निर्धारित ५० ओभरको खेलमा सुरुवाती ब्याटिङ पाएकोे देवदहले सबै विकेट गुमाउँदै ३३ दशमलव २ ओभरमा १३६ रन बनाएको थियो । जसका लागि विनित कार्कीले सर्वाधिक ५८, सुमनराज पाण्डेले २२ र अस्फाक खानले १३ रन बनाए । बलिङमा लुम्बिनी शाक्यानका धुरूप चन्द कुर्मीले चार, मनुवर आलम खान र अख्तर हुसेनले दुई–दुई विकेट लिए ।

१३७ रनको लक्ष्य पाएको लुम्बिनी शाक्यानले २१ ओभरमा सबै विकेट गुमाई एक सय रनमै समेटियो । लुम्बिनी शाक्यानका अजाज अहमद खान र शोभकान्त केवटले १८-१८ र जावेद अलि मुसलमानले १५ रन बनाए । देवदहका विजय सुनारले ह्याट्रिकसहित चार ओभरमा नौ रन खर्चेर चार विकेट र कीर्तिमान ढकालले तीन विकेट लिँदै म्यान अफ द म्याच भए ।

मंगलबारको खेल सैनामैना क्रिकेट क्लब र प्रोफेसनल मास्टर्सबीच हुने संघका सचिव सञ्१जय गुरुङले जानकारी दिए । २०५४ देखि निरन्तर हुँदै आएको नेपालकै एक मात्र सुपरलिग प्रतियोगितामा जिल्लाभित्रका ‘ए’ डिभिजनका आठ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । एकदिवसीय ५०–५० ओवर फम्र्याटमा खेलाइने ‘बी’ डिभिजनका टप हुने टीम ‘ए’ डिभिजनमा बढुवा हुने गरी प्रतिस्पर्धा गराइने संघका सचिव गुरुङले बताए ।

‘ए’ डिभिजनका आठ टिम र ‘बी’ डिभिजनबाट बढुवा भएर आएका चार टीमलाई पुनः चार समूहमा विभाजन गरी लिग खेलाइने छ । लिगमा टप हुने चार टिमबीच सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् भने पुछारमा रहेको टीम अर्को वर्ष ‘बी’ डिभीजनमा घटुवा हुने छन्,’ सचिव गुरुङले भने ।

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीलाई जनही पाँच÷पाँच हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]