एसिया कप खेल्ने महिला टिमलाई जनही रु २५ हजार

काठमाडौँ- हङकङमा सम्पन्न आईसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गर्दै एसिया कप खेल्न छनौट भएको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीले टोलीलाई बधाई दिंदै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गरेका हुन् । मन्त्रि श्रीपाईलीले एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेमा अझ सम्मान गर्ने प्रतिबद्वतासमेत व्यक्त गरे ।

विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको थियो । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान पक्का बनाएको हो ।

उक्त प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो ।

आगामी नोभेम्बर २६ देखि थाईल्याण्डमा आयोजना हुने महिला एसिया कप प्रतियोगितामा टेस्ट रास्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश सहित आयोजक थाईल्याण्डले प्रतिस्पर्धा गर्नेछ l

यो पनि पढ्नुस : 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy