२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। प्रशिक्षक पुबुदु दासानायेकेले प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका ३० सदस्यलाई प्रधानमन्त्री कपमा सहभागी हुन दिएका थिए। प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई समेत समाबेश गर्दै १६ सदस्यीय टिमको घोषणा गरेपछि टिमले शनिवार पहिलो दिन अभ्यास गर्यो।

टियु क्रिकेट मैदानमा सुरु भएको अभ्यासमा कप्तान सन्दिप लामिछाने बाहेक अन्य सदस्यहरु उपस्थित थिए। शुक्रबार अस्ट्रेलियाबाट नेपाल आइपुगेका सन्दिप आराम र पिसीआर परिक्षण पछि सोमबार देखि अभ्यासमा सामेल हुने छन्। बन्द प्रशिक्षणमा घोषित १६ सदस्यीय टिम बाहेक अन्य खेलाडी समेत सहभागी छन्। गुल्सन झा, सागर ढकाल, पवन सर्राफ जस्ता खेलाडी पनि सहभागी थिए। भिसा प्रक्रियाका कारण केहि खेलाडी भने अभ्यासमा सामेल थिएनन् जो आइतबार समाबेश हुनेछन्।

शनिवार प्रशिक्षक पुबुदु दासानायेकेले खेलाडीहरुको ब्याटिंग र बलिंग स्किलमा काम गरेका थिए र सोहि अनुरुपको ड्रिल अभ्यास गराएका थिए।

फोटोहरुमा हेर्नुस अभ्यास





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]