अार्मी र प्रहरी विजयी : साताै राष्ट्रिय खेलकुद

साताै राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत पुरूष क्रिकेटमा शनिवार भएका दुइवटा खेलमा त्रिभुवन अार्मी क्लब र नेपाल प्रहरी विजयी भएका छन ।  ( Scorecard )

पहिलाे खेलमा त्रिभुवन अार्मीले सुदुरपश्चिमलाइ ८६ रनले पराजित गर्याे भने दाेस्राे खेलमा पुलिसले पश्चिमाञ्चललाइ १७ रनले हरायाे ।

विहान भएकाे खेलमा अार्मीका नरेश बुढाएेरले ८१ रन बनाएपछि ३ विकेट गुमाइ २ सय १० रन बनायाे । त्यस्तै उसका सागर पुनले ४४ रन जाेडे भने विनाेद भण्डारीले ३४ तथा राजु रिजालले ३२ रनकाे याेगदान गरे ।

सुदुरपश्चिमका लागी सागर भण्डारी र विनाेद लामाले १ विकेट लिए । जवाफी ब्याटिंगमा सुदुरपश्चिमले निर्धारित अाेभरमा ५ विकेट गुमाउँदै १ सय २३ मात्र बनाउँन सक्याे अार्मीका विक्रम साेबले तथा जितेन्द्र मुखियाले समान १ विकेट लिए ।

त्यस्तै दिउँसाेकाे खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाइ १७ रनले पराजित गर्याे । टस जितेर पहिले ब्याटिंगमा उत्रेकाे पुलिसले १ सय ४६ रन बनायाे । पुलिसका मन्जित श्रेष्ठले ४९ रन बनाए भने दिपेन्द्र एेरीले २८ रन जाेडे ।

पश्चिमाञ्चलका शाह अालमले २ तथा धिरज शाहीले १ विकेट लिए। जवाफी ब्याटिंगमा उत्रेकाे पश्चिमाञ्चललाइ १ सय २९ रनमा राेक्दै पुलिसले जित निकालेकाे हाे । पश्चिमाञ्चलका लागी सुशान भारीले ३२ तथा लालबहादुर अधिकारीले २७ रनकाे पारी खेलेपनि त्याे जितका लागी प्रर्याप्त भएन ।

नेपाल पुलिसका ललित सिंह भण्डारीले ३ तथा दिपेन्द्र एेरीले २ विकेट लिएपछि पुलिसकाे जित सम्भव भयाे। प्रतियाेगितामा अाइतबार विहान मध्यमाञ्चल र पश्चिमाञ्चल तथा दिउसाे एपीएफ र सुदुरपश्चिमाञ्चल विच खेल हुनेछ ।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy