दोश्रो खेलमा पनि वर्षा बाधा, अंकतालिकामा यस्तो छ अवस्था

  • विकेटनेपाल, मङ्सिर ५ – मंगलबार  

थाईल्याण्डमा जारि आईसीसी टि-२० बिश्वकप छनौट ( एसिया ) प्रतियोगिता अन्तर्गत हंगकंगसंगको दोश्रो खेल वर्षाको कारण टस समेत हुन नपाई स्थगित भएपछि नेपालले लगातार दोश्रो खेलमा अंक बाड्नु परेको छ।

यस अघि हिजो सोमबार थाईल्याण्डसंगको खेल पनि दोश्रो इनिंग चल्दै गर्दै वर्षाले सम्भब हुन नसकेपछि दुवै टिमले १-१ अंक बाडेका थिए। टेर्डथाई मैदानमा दुई खेलनै नतिजाबिहिन रहेपछि नेपालको २ खेलमा २ अंक भएको छ।

अंकतालिका  , खेल तालिका

नेपालले बुधबारको खेलमा युएईको सामना गर्नेछ।

अंकतालिका

नेपाल सहित आयोजक थाइल्याण्ड, हंगकंग, युएई, मलेसिया र चिन प्रतियोगितामा सहभागी छन्। प्रतियोगिताको बिजेता टिम नेदरल्याण्डमा २०१८ मा आयोजना हुने टि-२० बिश्वकप छनौट खेल्न पाउनेछ।

दुई बलियो टोलि थाइल्याण्ड र हंगकंगसंगको खेल बराबरीमा टुंगिएको अवस्थामा अब नेपालको खेल तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर मानिएको युएई, मलेसिया र चिनसंग बाँकी रहेको छ।

आजै भएको प्रतियोगिताको अन्य खेलमा मलेसियाले चिनलाई ७ विकेटले पराजित गर्यो र पहिलो जित दर्ता गर्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लियो। शिर्षस्थानमा रहेको हंगकंगको २ खेलमा १ जित र १ बराबरी सहित ३ अंक रहेको छ। नेपाल २ अंक सहित तेश्रो तथा युएई १ जित सहित २ अंक बटुल्दै नेपालसंगै रहेको छ।

सोमबार आयोजक थाईल्याण्डसंग अंक बाड्नु परेको थियो। थाईल्याण्डले पहिले ब्याटिंग गर्दै दिएको ९१ रनको लक्ष पछ्याउने क्रममा नेपालले विकेट नगुमाई ३.४ ओभरमा १० रन बनाएर ब्याटिंग गर्दा पानि पारेपछि खेल पुनः सुचारु हुन सकेको थिएन।

अंकतालिका  , खेल तालिका





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]