- विकेटनेपाल, २ माघ- मंगलबार
दोस्रो अण्डर १९ रास्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी बिराटनगरले हात पारेको छ। इटहरीमा मंगलबार सम्पन्न भएको रोमान्चक फाइनल खेलमा धनगढीलाइ ३ रनले पराजित गर्दै बिराटनगरले उपाधीसंगै नगद १ लाख पुरस्कार जितेको छ। उपबिजेता धनगढीले ५० हजारमा चित्त बुझाएको छ।
इटहरी स्थित नेपाल डिभिएम स्कूलको पीचमा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरको खेलमा १ सय १३ रन बनाएको थियो।
बिराटनगरका लागी मिनस थापाले सर्वाधिक २४ रन बनाए भने मुकेश यादवले १८ र अमित यादवले १० रनको योगदान दिएका थिए । बलिङतर्फ धनगढीका सागर भण्डारीले ३ तथा नारायण जोशीले २ विकेट लिए ।
१ सय १४ रनको लक्ष पछ्याउन जवाफी ब्याटिङ गरेको धनगढी निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १ सय १० रनमा समेटियो।
धनगढीका लागी नारायण जोशीले सर्वाधिक २७ रन बनाएका थिए भने अजय बिष्टले २० तथा लोकेश बमले १७ रन जोडेका थिए। बलिङतर्फ बिराटनगरका मुकुन्द यादवले ३ तथा दिपेश कंडेल र मिनश थापाले २ विकेट लिए।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बिराटनगरका मिनश थापा घोषित भए।
यस अघि सोमबार सम्पन्न सेमीफाइनल खेलमा बिराटनगरले आयोजक इटहरी क्रिकेट एकडेमीलाई तथा धनगढीले नेपालगंजलाई पराजित गरेको थियो।
पुस २८ गतेदेखी सुरु भएको प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, काठमाण्डौ, विराटनगर, नेपालगञ्ज, भैरहवा र धनगढीको सहभागिता रहेको थियो।
समाचार श्रोत – newslaya.com