खुकुरी कप : जितेन्द्रको अर्धशतकमा क्रिकेट स्कुलको जित, हिमालयको दोश्रो जित

  • विकेटनेपाल, माघ १३ – शनिबार 

खुकुरी च्यालेन्जर्स कप प्रतियोगिता अन्तर्गत शनिबार दुई वटा खेलहरु सम्पन्न भएका छन् जसमा नेपाल क्रिकेट स्कुल र वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले जित हात पारेका छन्।

पहिलो खेल – नेपाल क्रिकेट स्कुल Vs ओएसीस क्रिकेट एकेडेमी 

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपाल क्रिकेट स्कुलले निर्धारित १७ ओभरमा १४५/६ को स्कोर बनायो।

जितेन्द्र सिंह ठकुरी

स्कुलका ओपनर ओपनर तथा यु-१९ रास्ट्रिय क्रिकेटर समेत रहेका जितेन्द्र सिंह ठकुरीले ५३ रन ( ३४ बल, ७ चौका र १ छक्का ) बनाए। यस्तै दिपेस दासले ४१ रन बनाउन मात्र १८ बलमा ६ चौका प्रहार गरे। यस्तै राहुल पोखरेलले १६ तथा रित गौतमले १९ रन योगदान दिए।

बलिंगमा ओएसीसका बलर सुबोध ढुंगेल र सचिन शर्माले समान २/२ विकेट हात पारे।

१४६ रन लक्ष पछ्याउने क्रममा ओएसीसले १७ ओभरमा ९७ रनमै सबै विकेट गुमाउन पुग्यो। स्कुल बलर प्रतिस जिसी, आयुष बनिया र सफल केसीले समान २ विकेट हात पारे। ओएसीसको लागि बिशाल लिम्बुले बनाएको २० रन सर्बाधिक योगदान रह्यो।

जितेन्द्र सिंह ठकुरी खेलको म्यान अफ द म्याच चुनिए।

दोश्रो खेल : वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी Vs आईओई थापाथली 

मुलपानी मैदानमा भएको दोश्रो खेलमा टस जितेर ब्याटिंग गरेको आईओई थापाथलीले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई ६२ रन मात्रै बनाउन सक्यो।

अघिल्लो खेलमा पनि उत्कृस्ट प्रदर्शन गरेका ग्रेट हिमालय बलर कमल सिंह ऐरीले पुनः ३ विकेट ( ४-०-१२-३ ) हात पारे भने सागर ढकालले पनि ३ विकेट ( ४-०-१०-३ ) हात पार्न किफायती बलिंग गरे। कप्तान रुपेश श्रीवास्तवले पनि २ विकेट ( ३-१-५-२ ) आफ्नो नाम गरे।

म्यान अफ द म्याच सागर ढकाल

६३ रनको लक्ष ग्रेट हिमालयले ९ ओभरमै २ विकेट गुमाई भेटायो र ८ विकेटको जित दर्ता गर्यो। ओपनर अभिसहेक बस्नेतले अविजित २७ रन ( २५ बल, ५ चौका ) तथा सुशान्त तिमल्सिनाले २० रन योगदान दिए।

खेलको प्लेयर अफ द म्याच सागर ढकाल घोषित भए।

अंक तालिका 

आइतबारको खेल : 

पहिलो : शान्तिनगर युवा क्लब Vs अल्टिमेट इन्डोर क्रिकेट
दोश्रो : आरसीए प्युठान Vs काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर

शुक्रबारको खेल :  अमित श्रेष्ठको विस्फोटक ब्याटिंगमा शान्तिनगरको जित

खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा सुरु भएको प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पाउने छ। यस्तै उत्कृस्ट खेलाडीले २० हजार तथा बलर/ब्याट्सम्यान र इमर्जिंग खेलाडीले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

कुल २० टिम सहभागी रहेको प्रतियोगिता २४ दिनसम्म चल्नेछ। २० टिमलाई ४ वटा समुहमा बिभाजन गरेर लिग-कम नक-आउट फर्म्याटमा खेलाइनेछ। प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुनेछ भने क्वार्टरफाइनल खेलहरु मुलपानी मैदानमा खेलिनेछ।

सहभागी टिम र समुह 

समूह ‘ए’ : काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर , अल्टिमेट इन्डोर क्रिकेट, आरसिए प्युठान च्यालेन्जर्स, शान्तिनगर युवा क्लब, मलपोखरी क्रिकेट क्लब

समूह ‘बी’ : आई.ओ.ई. पुल्चोक, रोयल पिसी फाईटर्स, लर्ड बुद्ध क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब, त्रिमुर्ति व्वाइज

समूह ‘सी’ : ओएसिस क्रिकेट एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी, आई.ओ.ई थापाथली, नेपाल क्रिकेट स्कुल, त्रिभुवन आर्मी क्लब

समूह ‘डी’ :  टिकापुर क्रिकेट, रौतहट-११, मकवानपुुर क्रिकेट क्लब, बुटवल क्रिकेट ब्वाइज, इन्टर- डिस्ट्रिक्ट क्रिकेट क्लब





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]