Nepal T20 : छैठौं जित पछि लुम्बिनी प्लेअफमा

लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश निश्चित गरेको छ ।

टियु मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई १२ रनले हरायो । लुम्बिनीले दिएको एक सय २३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय १० रनमा समेटिएको थियो । स्कोरकार्ड

विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए । गौरान्शु शर्माले १२ र पृथु बास्कोटाले ११ रन बनाए । बलिङमा लुम्बिनीका श्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले दुई दुई विकेट लिए । किशोर महतो, कप्तान दीपेन्द्र सिंह ऐरी र हरमित सिंहले एक एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रन बनाए । अविजित रहंदा ऐरीले ४२ बलमा ६ चौका प्रहार गरे।  कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह १३/१३ रन बनाए ।

बलिङमा विराटनगरका लागि विवेक यादव, सुर्य तामाङ र नन्दन यादवले दुई दुई विकेट लिए । कियोन जोसेफ र राज नाननले एक एक विकेट लिए ।

लिगमा सात खेल सकेको लुम्बिनी ६ जित निकाल्दै १० अङ्क सहित शीर्षस्थानमा छ ।

६ खेलबाट चार अङ्क बनाएको विराटनगर पाँचौँ स्थानमा छ । पुस २७ गतेसम्म चल्ने प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]