सातौ रास्ट्रिय खेलकुदमा क्रिकेटका उत्कृस्ट खेलाडीहरु

  • १७ पुष , विकेटनेपाल 

सातौ रास्ट्रिय क्रिकेटको पुरुषतर्फको स्वर्णपदक शशस्त्र प्रहरी बल ( एपीएफ ) ले जित्यो l नियमित प्रतिद्वन्द्वी नेपाल आर्मीलाई पराजित गर्दै एपीएफले उपाधि जित्दै आफुलाई अब्बल साबित गर्यो l

बिराटनगर बैजनाथपुरको नवनिर्मित क्रिकेट मैदानमा भएको पुरुष क्रिकेटतर्फको खेलहरुमा थुप्रै सम्झनलायक प्रदर्शनहरु भए l अधिकांश उत्कृस्ट प्रदर्शनहरुमा विभागीय टिमकै बर्चस्व रह्यो l

सातौ रास्ट्रिय खेलकुदमा ब्याटिंग तर्फ एपीएफका कप्तान समेत रहेका पारस खड्काले प्रतियोगिताभर सर्बाधिक कुल रन बनाए भने शतक प्रहार गर्ने पनि एक्लो खेलाडी बने l यस्तै बलिंगतर्फ नेपाल पुलिस क्लबका ललित भण्डारी सर्बाधिक विकेट लिने खेलाडी बने l

1495482_270564326425855_1141903299_n
ललित भण्डारी

पारस खड्काले प्रतियोगितामा खेलेको ५ खेलको ४ इनिंगमा ब्याटिंग गर्दै १८४ को औशतले १ शतक सहित १८४ रन बनाए l पारसले सुदुरपस्चिमान्चल बिरुद्ध अविजित १०५ रनको इनिंग खेलेका थिए l पारस पछि आर्मीका सागर पुनले ५ खलमा १५६ रन बनाउदै धेरै रन बनाउनेमा दोश्रो स्थानमा रहे भने नरेश बुढाएरले ५ खेलमा १५० रन बनाउदै तेश्रो स्थानमा रहे l

बलिंगतर्फ ललित भण्डारीले ५ खेलमा १८.३ ओभर बलिंग गर्दै ९५ न मात्रै दिएर १२ विकेट हात पारे l ललितले मध्यमान्चलसंग २ वटा खेलमा ३/३ विकेट तथा पस्चिमान्चल र पूर्वान्चल संग पनि ३/३ विकेट हात पारे l

यस्तै फाइनल खेलमा ४ विकेट लिंदै उत्कृस्ट बलिंग गरेका भुवन कार्कीले ५ खेलमा कुल १० विकेट हात पार्दै सर्बाधिक विकेट लिनेमा दोश्रो स्थानमा रहे l मध्यमान्चलका दायाँहाते तिब्र गति बलर रशिद खानल ५ खेलमा ९ विकेट लिंदै तेश्रो स्थानमा रहे l

सातौ रास्ट्रिय खेलकुदको सबै स्कोरकार्ड हरु हेर्न क्लिक गर्नुस 

हेर्नुस ब्याटिंग र बलिंगतर्फ सर्बाधिक विकेट लिने खेलाडीहरुको सुची l 

 

ब्याटिंगतर्फ 

 

# नाम क्लब खेल इंनिंग ५०/१०० कुल रन उत्कृस्ट
पारस खड्का एपीएफ -/१ १८४ १०५*
सागर पुन आर्मी १/- १५६ ५९
नरेश बुढाएर आर्मी १/- १५० ८१*
अनिल मण्डल आर्मी १/- १३९ ६२*
प्रदिप ऐरी एपीएफ -/- ११९ ४७
बिनोद भण्डारी आर्मी १/- ११९ ६७*
मन्जित श्रेष्ठ पुलिस -/- ११८ ४९*
जितेन्द्र ठकुरी मध्यमाञ्चल -/- ११२ ४४*
प्रनित थापा मध्यपस्चिमान्चल १/- १११ ५६*
१० आरिफ शेख पुलिस -/- १११ ४०


बलिंगतर्फ 

 

# नाम क्लब खेल विकेट उत्कृस्ट
ललित भण्डारी पुलिस १२ ३/१३
भुवन कार्की एपीएफ १० ४/११
रशिद खान मध्यमाञ्चल ५/१५
बसन्त रेग्मी एपीएफ ३/१०
बिक्रम सोब आर्मी ३/२८
करन केसी एपीएफ २/१०
फिर्दोश अन्सारी पूर्वान्चल ४/१७
चन्द्र साउद आर्मी २/२८
सोमपाल कामि आर्मी ३/२५
१० सागर पुन आर्मी २/२७

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy