पस्चिमान्चल र मध्यपस्चिमाञ्चलको जित ( सातौ रास्ट्रिय )

सातौ रास्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको पाचौ दिनको खेलमा पस्चिमान्चल र मध्यपस्चिमाञ्चलले जित हात पारेका छन् l पस्चिमान्चलले पुर्वान्चललाई र मध्यपस्चिमाञ्चलले सुदूरपश्चिमान्चललाई पराजित गर्यो l

प्रतियोगिताको अंकतालिका 

बिराटनगर बैजनाथपुर मैदानमा मंगलबार बिहान सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिंग गर्दै सुदुरपश्चिमले दिएको १०० रनको लक्ष मध्यपश्चिमाञ्चलले १२.५ ओभरमा पुरा गर्यो l

कुहिरोको कारण खेल ढिलो सुरु भएपछि १५ ओभर झारिएको खेलको पहिलो इनिंगमा दिनेश आग्रीले अविजित ४० रन बनाएका थिए जसमा ४ छक्का सामेल थियो l मध्यपश्चिमाञ्चलका विजय चौधरीले २ विकेट हात पारे l

प्रतिउत्तरमा प्रनित थापाले अविजित ५६ रनको पारि खेल्दै मध्यपश्चिमाञ्चललाई सहज जितसम्म पुर्याएका थिए l थापाले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरे l अनुपम सिंगले अविजित १६ रनको योगदान दिए l

कृष्ण कार्कीको विस्फोटक ब्याटिंग 

मंगलबार सम्पन्न दोश्रो खेलमा पस्चिमान्चलले पूर्वान्चललाई ५ रनको अन्तरले पराजित गर्यो l

टस जितेर ब्याटिंग गर्दै पस्चिमान्चलले २० ओभरमा ४ विकेट नोक्सानीमा १४३ रन बनायो l

कृष्ण कार्कीले २४ बलमा ५ छक्का र ३ चौका मदतले अविजित ५५ रनको इनिंग खेले l कप्तान अन्तिम थापाले ४१ रनको योगदान दिए l

१४४ रनको लक्ष पछ्याएको पूर्वान्चलको लागि ओपनर मेहबुब आलमले ४७ रनको इनिंग खेलेपनि जितको लागि पर्याप्त भएन l आलमले ३० बलमा ५ चौका र २ छक्का प्रहार गरे l

आलम बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य स्कोर गर्न नसक्दा १९.३ ओभरमा पुर्वान्चल टिम १३८ रनमै समेटियो l पस्चिमान्चल बलर अमृत गुरुङ, धिरज शाही, शाह आलम र लाल बहादुर अधिकारीले समान २ विकेट लिए l

पहिलो खेलको स्कोरकार्ड , दोश्रो खेलको स्कोरकार्ड  , अंकतालिका  , खेलतालिका 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy