सेमीफाइनल समीकरण पुरा : सातौ रास्ट्रिय ( पुरुष क्रिकेट )

armed police force apf

सातौ रास्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको सेमीफाइनल समिकरण पुरा भएको छ l अंकतालिका 

समुह ‘ए’ बाट बिजेताको रुपमा एपीएफ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लबले सेमीफाइनलमा स्थान बनाएका छन् l समुह ‘बि’ बाट नेपाल पुलिस क्लब बिजेता र मध्यमान्चल उपविजेताको रुपमा सेमीमा पुगेका हुन् l

प्रतियोगिताको बिहिबार संचालन हुने पहिलो सेमीफाइनलमा एपीएफ र मध्यमाञ्चल प्रतिस्पर्धा गर्नेछन् भने एकै दिन संचालन हुने दोश्रो सेमीफाइनलमा पुलिस र आर्मीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ l

करन केसीको अलराउण्ड प्रदर्शनमा एपीएफको जित 

कारन केसीले आक्रामक ब्याटिंग गर्दै ४६ रन तथा बलिंग तर्फ २ विकेट लिएपछि एपीएफले समुह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गरेको छ l ( स्कोरकार्ड )

टस जितेर पहिले ब्याटिंग गरेको एपीएफले पहिलो इनिंगमा पुरै २० ओभर ब्याटिंग गर्दै १६५/४ को स्कोर खडा गर्यो l प्रदिप ऐरीले ४७ तथा आसिफ शेखले ३९ रनको योगदान दिए l

जवाफमा ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबका ओपनर सागर पुन तथा तेश्रो नम्बरमा नरेश बुढाएरले समान ४६ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानहरुले फितलो प्रदर्शन गर्दा १७.५ ओभरमा १३७ रनमै अलआउट हुनपुग्यो l

भुवन कार्कीले ३ तथा बसन्त रेग्मी र करन केसीले समान २ विकेट हात पारे l

पुलिस पराजित 

प्रतियोगितामै विभागीय टिमले पहिलो हारको सामना गर्ने क्रममा मध्यमान्चल संग नेपाल पुलिस क्लब ९ रनले पराजित भएको छ l ( स्कोरकार्ड )

टस जितेर पहिले ब्याटिंग गर्दै मध्यमान्चलले बनाएको १२० रनको प्रतिउत्तरमा ब्याटिंग गरेको पुलिसले १११ रनमै सम्पूर्ण विकेट गुमायो l

मध्यमान्चलको लागि प्रकाश बिस्टले २५ र हरिशंकर शाहले २२ रनको योगदान दिए l बलिंग तर्फ पुलिसका ललित सिंह भण्डारीले ३ विकेट तथा कुशल भुर्तेल र मन्जित श्रेष्ठले २/२ विकेट आफ्नो पक्षमा पारे l

सुनिल धमलाले ४४ रनको इनिंग खेलेपनि पुलिसका त्यसपछिका ब्याट्सम्यानहरुले कमजोर प्रदर्शन गरे l योगेन्द्र कार्कीले २० , कुशल भुर्तेलले ११ र सिद्धान्त लोहनीले १० रन बनाए l

मध्यमान्चलिका हरिशंकर शाहले २ विकेट हात पारे l पुलिसले ५ जना खेलाडीहरु रन आउटको रुपमा गुमाउन पुग्यो l

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]