सेमीफाइनल समीकरण पुरा : सातौ रास्ट्रिय ( पुरुष क्रिकेट )

सातौ रास्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको सेमीफाइनल समिकरण पुरा भएको छ l अंकतालिका 

समुह ‘ए’ बाट बिजेताको रुपमा एपीएफ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लबले सेमीफाइनलमा स्थान बनाएका छन् l समुह ‘बि’ बाट नेपाल पुलिस क्लब बिजेता र मध्यमान्चल उपविजेताको रुपमा सेमीमा पुगेका हुन् l

प्रतियोगिताको बिहिबार संचालन हुने पहिलो सेमीफाइनलमा एपीएफ र मध्यमाञ्चल प्रतिस्पर्धा गर्नेछन् भने एकै दिन संचालन हुने दोश्रो सेमीफाइनलमा पुलिस र आर्मीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ l

करन केसीको अलराउण्ड प्रदर्शनमा एपीएफको जित 

कारन केसीले आक्रामक ब्याटिंग गर्दै ४६ रन तथा बलिंग तर्फ २ विकेट लिएपछि एपीएफले समुह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गरेको छ l ( स्कोरकार्ड )

टस जितेर पहिले ब्याटिंग गरेको एपीएफले पहिलो इनिंगमा पुरै २० ओभर ब्याटिंग गर्दै १६५/४ को स्कोर खडा गर्यो l प्रदिप ऐरीले ४७ तथा आसिफ शेखले ३९ रनको योगदान दिए l

जवाफमा ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबका ओपनर सागर पुन तथा तेश्रो नम्बरमा नरेश बुढाएरले समान ४६ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानहरुले फितलो प्रदर्शन गर्दा १७.५ ओभरमा १३७ रनमै अलआउट हुनपुग्यो l

भुवन कार्कीले ३ तथा बसन्त रेग्मी र करन केसीले समान २ विकेट हात पारे l

पुलिस पराजित 

प्रतियोगितामै विभागीय टिमले पहिलो हारको सामना गर्ने क्रममा मध्यमान्चल संग नेपाल पुलिस क्लब ९ रनले पराजित भएको छ l ( स्कोरकार्ड )

टस जितेर पहिले ब्याटिंग गर्दै मध्यमान्चलले बनाएको १२० रनको प्रतिउत्तरमा ब्याटिंग गरेको पुलिसले १११ रनमै सम्पूर्ण विकेट गुमायो l

मध्यमान्चलको लागि प्रकाश बिस्टले २५ र हरिशंकर शाहले २२ रनको योगदान दिए l बलिंग तर्फ पुलिसका ललित सिंह भण्डारीले ३ विकेट तथा कुशल भुर्तेल र मन्जित श्रेष्ठले २/२ विकेट आफ्नो पक्षमा पारे l

सुनिल धमलाले ४४ रनको इनिंग खेलेपनि पुलिसका त्यसपछिका ब्याट्सम्यानहरुले कमजोर प्रदर्शन गरे l योगेन्द्र कार्कीले २० , कुशल भुर्तेलले ११ र सिद्धान्त लोहनीले १० रन बनाए l

मध्यमान्चलिका हरिशंकर शाहले २ विकेट हात पारे l पुलिसले ५ जना खेलाडीहरु रन आउटको रुपमा गुमाउन पुग्यो l

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy