नौं वर्षपछि नेपाल भ्रमण गर्दै युएई, यस्तो छ खेल तालिका

नेपाली राष्ट्रिय क्रिकेट टिमले कार्तिक अन्तिम सातादेखि युनाइटेड अरब इमिरेट्स (युएई) सँग तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नौं वर्ष पछि युएई राष्ट्रिय क्रिकेट टिम नेपाल आउन लागेको हो।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार नेपालले त्रिवि क्रिकेट मैदानमा युएईसँग एकदिवसीय शृङ्खला खेल्ने जनाएको हो ।

शृङ्खला कार्तिक २८ गतेदेखि मङ्सिर २ गतेसम्म चल्नेछ । कार्तिक २८ गते शृङ्खलाको पहिलो खेल हुनेछ । कार्तिक ३० गते दोस्रो र मङ्सिर २ गते तेस्रो खेल हुनेछ । तीनै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेदेखि सुरु हुनेछ ।

मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका हुनुको कारण समय अभाव हुँदा नेपालले त्यस अघि तिन वटा खेल मात्र खेल खेल्न लागेको हो।

युएई अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकपको पहिलो चरणबाट बाहिरिएको थियो । अन्तिम खेलमा युएईले नामिबियालाई पराजित गर्दा नेदरल्याण्ड र श्रीलंकासंग पराजित भएको थियो।

नेपालले सन् २०१९ मा युएई भ्रमण गर्दै तिनवटा एकदिवसीय अन्तर्राष्ट्रिय र तिन वटै टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज खेलेको थियो। तर युएई टिम सिरिज खेल्न भने पहिलो पटक नेपाल आउन लागेको हो।

पछिल्लो पटक युएई क्रिकेट टिम २०१३ मा एसीसी टि-ट्वान्टी प्रतियोगितामा सहभागी हुन नेपाल आएको थियो।

नेपाल र युएई पछिल्लो पटक विश्वकप लिग-२ अन्तर्गत पपुवा न्यु गिनी पनि सम्मिलित त्रिकोणात्मक सिरिजमा यो वर्ष मार्चमा मैदानमा उत्रिएको थियो।

यस्तै यसै वर्ष फेब्रुअरीमा टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा आमने सामने भएका थिए। विश्वकप पुग्न एउटा जित आवस्यक भएको अवस्थामा प्रतियोगिताको सेमीफाइनलमा नेपाललाई पराजित गर्दै युएई विश्वकप २०२२ मा छनोट भएको थियो। आगामी सिरिज युएईसंग उक्त हार बिर्साउने अवसर हुनेछ जसले नेपालको दोश्रो पटक विश्वकप खेल्ने सपना चकनाचुर पारेको थियो।

नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आगामी सिरिज डिसेम्बर पहिलो साता नामिबिया भ्रमण अन्तर्गत नामिबिया र स्कटल्याण्डसंग खेल्ने तालिका छ। उक्त सिरिज १ देखि ८ डिसेम्बरसम्म आयोजना हुनेछ। उक्त सिरिज समाप्त भएपछि पहिलो संस्करणक नेपाल टि-ट्वान्टी लिग डिसेम्बर १२ देखि सुरु हुने तालिका छ।

अन्तिम पटक नेपालले घरेलु भूमिमा यो वर्ष ‘मे’ मा जिम्बाब्वेको ‘ए’ टिमसंग खेलेको थियो। त्यस अघि नेपालले मार्च/अप्रिलमा पपुवा न्यु गिनी र मलेसियासंग घरेलु सिरिज आयोजना गरेको थियो। नेपाली राष्ट्रिय टिमले गत अगस्टमा अन्तिम पटक केन्यासंग द्विपक्षीय सिरिज खेलेको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]